सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहारको समयमा कुनै पनि भिडभाड हुने खालका कार्यहरु नगर्न आग्रह गरेको छ ।
प्रशासनले तिहार लगाएत स्थानीय स्तरमा मनाइने मेलाहरुमा हुने जमघट, तथा भेलाहरु नगर्न /नगराउन आग्रह गरेको हो ।
आज एक सुचना जारी गर्दै प्रशासनले कोभिडको संक्रमण अझै बढ्ने र अर्कातर्फ घटना, दुर्घटनाा, सामाजिक विकृती तथा अपराधमा पनि वृद्धी हुने भन्दै त्यस्ता खालका कुनैपनि गतिविधि नगर्न अनुरोध गरेको हो ।
साथै तिहारमा देउसी भैलो नखेल्न, आगलागि र त्यसबाट हुने क्षतिलाई मध्येनजर गर्दै अतिसबाजी पट्का लगाएतका ज्वलनशील पदार्थहरु बेचबिचन र प्रयोगन गर्न नपाइने सुचनामा उल्लेख छ ।
यस्तै बेलुका ७ बजेभन्दा पछि अत्यावश्यक बाहेकका कुनैपनि पेशाव्यवसाय, सवारीसाधन् (लामो दुरीका बाहेक) सञ्चालनमा समेत रोक लगाईने प्रशासनले जनाएको छ ।
जुवातास खेलेको वा खेलाएको खण्डमा कारवाही गरिनुका साथै राजनीतिक भेला, सम्मेलन र सभा लगाएतका अत्याधिक भिडभााड हुने कुनै पनि गतिविधि आयोजना नगर्न राजनीतिक दलहरुलाई आग्रह पनि आग्रह गरिएको सुचनामा बताईएको छ ।.