काठमाण्डौ ।काठमाण्डौको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
यो हिजोको भन्दा १ डिग्री सेल्सियसले बढी हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको थियो । बिहान बेलुका चिसो बढे पनि दिउँसोकाे समयमा आज घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । काठमाण्डौको अधिकतम तापक्रम आज २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान छ ।
मौसमविद् प्रधानाङ्गका अनुसार आज देशका धेरै ठाउँको मौसम सफा नै रहनेछ । दिउँसो पारिलो घाम लाग्ने छ । पश्चिम पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने आंशिक रुपमा मौसम बद्ली हुने पूर्वानुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताए । अन्य क्षेत्रको मौसम भने अबको एक/दुई दिन सफा नै रहने देखिएकोउनले बताए ।