जाज।काेट । भीरबाट लडेर जाजरकोटमा एक सैनिकको मृत्यु भएको छ । ब्यारेक फर्कने क्रममा बुधवार राती कञ्चनपुर घर भएका नेपाली सेनाका अमलदार निर्मल बोहराको मृत्यु भएको हो ।
सेनाका अनुसार घर विदामा गएका बोहराले जाजरकोट स्थित मालिका ब्यारेकमा बुधवार दिउसो आफु आउँदै गरेको जानकारी गराएका थिए । बेलुका ब्यारेक पुगेका बोहरालाई सेनाको चेक प्वाईन्टले मादक पदार्थ सेवन गरेको भन्दै प्रवेशमा रोक लगाएको थियो । अफ्ठयारोबाटोबाट रातीको समयमा ब्यारेक जान खोज्दा लडेर घाइते अवस्थामा स्थानिय यातायात ब्यवसायीले उनलाई उद्धार गरेर जिल्ला अस्पताल पुरयाएका थिए । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना बारे हामीले बोल्न मिल्दैन नेपाली सेनाका सहसेनानी अमरदीप कार्कीले भने ‘घटनाबारे प्रहरीले हामीलाई जानकारी गराएको हो उतै सोध्नुहोस ।’