काठमाडौं । पछिल्लो समय नेकपामा चर्किएको अन्तरविरोध र दन्तबझान अब लिखित ‘पत्र–युद्ध’मा परिणत भएको छ ।
कात्तिक २५ गते प्रधानन्त्री ओलीले प्रचण्डलाई १० पृष्ठ लामो पत्र लेखेपछि त्यसको तीनदिनपछि शुक्रबार प्रचण्डले ओलीलाई ७ पृष्ठको पत्र लेखेका छन् ।
कात्तिक २२ गते प्रचण्डसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई बैठक माग गर्दै दुईपृष्ठको पत्र बुझाएका थिए । सोही पत्रको जवाफमा ओलीले २५ गते प्रचण्डलाई पत्र लेखेका हुन् ।