• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » डोल्पामा विद्यालय खुल्यो : प्रशासनद्वारा बन्द गर्न निर्देशन
कर्णाली

डोल्पामा विद्यालय खुल्यो : प्रशासनद्वारा बन्द गर्न निर्देशन

By २९ कार्तिक २०७७, शनिबार १२:०२
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
प्रतिकात्मक तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

डोल्पा । गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो संक्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।

नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नम्बर १ मा पर्ने त्रिपुरा माविका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए । सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाइ गरेर सञ्चालनमा ल्याइएको उपाध्यायको भनाइ छ । अर्को ठूलीभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन । प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठूलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ ।

तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन् । दुवै स्थानीय तहले दशैँ बिदाका लागि बन्द भएका विद्यालय खुला गरेर निरन्तर रुपमा पठनपाठन क्रियाकलाप सञ्चालनमा ल्याएका हुन् । उक्त स्थानीय तहले लकडाउन अवधिभर पनि निरन्तर विद्यालय सञ्चालन गरेका थिए । नजिकिँदै गरेको वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गर्ने दुवै स्थानीय तहको तयारी छ ।

त्यसैगरी, उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ् गाउँपालिकाले पनि लकडाउनमा पनि विद्यालय बन्द गरेनन् । अहिले पनि तीन वटै स्थानीय तहले पठनपाठन सञ्चालन गरी धमाधम वार्षिक परीक्षा लिइरहेका छन् । अब छिट्टै नतिजा प्रकाशन गरेर विद्यालय बन्द गर्ने तीनै स्थानीय तहको तयारी छ । उपल्लो डोल्पामा छ महिनामात्र पढाइ हुने भएकाले वैशाखमा खुलेका विद्यालय खुल्ने कात्तिक अन्तिम सातासम्मै बन्द हुने गर्दछन् । काइके गाउँपालिकाले लकडाउन बीचमा विद्यालय खोले पनि प्रशासनले बन्द गर्न निर्देशन दिएपछि बीचमै पठनपाठन रोकेको थियो ।

प्रशासनद्वारा विद्यालय बन्द गर्न निर्देशन
डोल्पाका स्थानीय तहले सरकारको निर्देशन विपरीत विद्यालय खुलाएका छन् । कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफू खुशी विद्यालय चलाएको प्रशासनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ । निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको छ ।

कोरोनाको महामारीबाट जिल्लालाई सुरक्षित राख्नु स्थानीय प्रशासन, स्थानीय सरकारलगायत सम्पूर्ण सरोकारवालाको कर्तव्य भएको प्रजिअ सुरेश सुनारले बताउनुभयो । “विद्यालय खोल्न सङ्घीय सरकारको निर्देशन छैन्, हाम्रो मौखिक निर्देशन स्थानीय तहले अवज्ञा गरे, अब लिखित निर्देशन नै दिन्छौँ, यतिगरी अटेर गरे भने कारबाही गर्छौं”, प्रजिअ सुनारले भने । “लामो समयदेखि बालबालिकाको पठनपाठन ठप्प भएको छ, तर पनि अहिलेको अवस्था भीडभाड नगर्ने नै छ, बरु सुरक्षा सतर्कता अपनाउँदै वैकल्पिक पद्धति अपनाएर शिक्षा प्रदान गर्न सकिन्छ”, उनले भने, “जिल्लामा उपलब्ध रेडियो, इन्टरनेट प्रयोग गर्नाका साथै टोलटोलमा शिक्षक परिचालन गरेर पछि शिक्षा प्रदान गर्न सकिन्छ, विद्यालय खोलेरमात्र पढाइ हुन्छ भन्ने भ्रम त्याग्नुपर्छ ।”

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बाँड्दै गएकाले औपचारिक रुपमा विद्यालय खुलाउन संघीय सरकारले निर्देशन नभएकाले खुलाइएका विद्यालय तत्काल बन्द गर्नुपर्ने प्रशासनको भनाइ छ । आइतबार सदरमुकाम दुनैमा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले स्थानीय तहले खुलाएका विद्यालय तत्काल बन्द गर्न आजै लिखित पत्राचार गर्ने निर्णय गरेको सहायक प्रजिअ लक्ष्मीदेवी शर्माले जानकारी दिइन् । त्यतिमात्र नभई जिल्ला अस्पतालमा रुघाखोकीका बिरामी बढेको पाइएकाले कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने, तिहारमा देउसीभैलो खेल्न नपाइने जस्ता निर्णयसमेत गरिएको शर्माले बताइन् । रासस

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति