• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » प्रचण्डले लगाएका झुठा आरोपको जवाफ दिन्नँ : प्रधानमन्त्री
ताजा समाचार

प्रचण्डले लगाएका झुठा आरोपको जवाफ दिन्नँ : प्रधानमन्त्री

By ३० कार्तिक २०७७, आईतवार १३:३४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपहरु झूठा भएको बताएका छन् । आफूले त्यस्ता ‘वाहियात एवं झूठा आरोपहरुको जवाफ नदिने प्रधानमन्त्रीको अडान छ ।

आइतबार बालुवाटारमा महासचिव विष्णु पौडेललाई साक्षी राखेर प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले आफूमाथि यसैगरी आरोप लगाउने हो भने आफू पनि अर्को ‘एक्स्ट्रिम’मा जान सक्ने बताएका थिए ।

बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्ता ‘वाहियात आरोप’को आफूले जवाफ नदिने बताएको स्रोतले भन्यो ।

बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर, प्रधानमन्त्रीले त्यस्ता वाहियात आरोपको आफूले जवाफ नदिने बताएको स्रोतले भन्यो ।

वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग भएको दुईघण्टा लामो कुराकानीमा प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग सँगै हिँड्न नसकिने बताउँदै आफूलाई सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए ।

वरिष्ठ नेता नेपालले त्यसरी अर्को छोरमा पुगेर सोच्दा समस्या समाधान नहुने भन्दै संयमित भएर समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको स्रोतले बतायो ।

आइतबार माधव नेपाल र विष्णु पौडेलसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमै उपाध्यक्षवामदेव गौतमसँग करिब डेढघण्टा छलफल गरेका थिए ।

सघन परामर्शमा प्रधानमन्त्री

शुक्रबारको सचिवालय बैठकपछि नेकपाको आन्तरिक राजनीतिमा थप तरंग उत्पन्न भएको छ । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीको राजीनामा माग्ने आशयको (त्याग गर्नुपर्ने) राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको ‘काउन्टर’ कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सघन सम्वाद अगाडि बढाएका छन् ।

आइतबारसम्म आइपुग्दा प्रधानमन्त्री ओलीले पार्टीभित्रका विभिन्न नेताहरुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरिसकेका छन् । आइतबार उनले उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा बेग्लाबेग्लै छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले छलफलका लागि बालुवाटार बोलाएपछि नेता नेपालले भीम रावललगायतका नेताहरुलाई पनि लिएर आउने प्रस्ताव गरेका थिए । तर, ओलीले सचिवालयस्तरमा मात्रै कुराकानी गरौं भनेपछि महासचिव पौडेलसहित तीनजनावीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

माधव–ओली भेटमा उपाध्यक्ष वामदेव गौतमलाई पनि सँगै बस्न आग्रह गरिए पनि ‘मैले प्रधानमन्त्रीसँग अघि नै कुराकानी गरिसकें’ भन्दै गौतम नआएको बुझिएको छ ।

गत शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले अप्रत्यासितरुपमा आफूविरुद्ध प्रस्ताव दर्ता गराएपछि चकित बनेका प्रधानमन्त्रीले त्यही दिन बैठक सकिएलगत्तै बालुवाटारमा माधवकुमार नेपालसँग छुट्टै कुराकानी गरेका थिए ।

नेता नेपालसँगै उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा बादलसँग पनि प्रधानमन्त्री ओलीले अब के गर्ने भन्नेबारे छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले बैठकको भोलिपल्ट (शनिबार) शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि पछिल्लो राजनीतिक परिस्थिति एवं पार्टीमा उत्पन्न समस्याबारे छलफल गरेका थिए ।

शुक्रबार केहीबेर बसेर मंसिर ३ गते बस्ने गरी सचिवालय बैठक स्थगित भएको छ । मंसिर ३ को बैठकमा प्रचण्डको लिखित प्रस्ताव,केपी ओलीको १० पन्ने पत्रलगायतका डकुमेन्टहरु अध्ययन गरेर त्यसमाथि छलफल गर्ने भनिएको छ । तर, प्रधानमन्त्रीलेप्रचण्डले लगाएका आरोपको जवाफ नदिने नेताहरुलाई स्पष्ट पारेका छन् ।

उता, स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका ओली पक्षका नेताहरुले प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव फिर्ता हुनुपर्ने अडान राखेका छन् ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति