सुर्खेत। कर्णालीका पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको हो ।
सुर्खेतका ३९, हुम्लाका १६, दैलेखका ४, रूकुमपश्चिमका २ र अन्य प्रदेशका २ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या ६ हजार ५०६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना संक्रमण निको भएर ७० जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । ‘सुर्खेत ४७ जना र दैलेखका २३ जना निको भएर डिस्चार्ज भएका छन् ।’ उनले भने,‘योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५ हजार ९५८ पुगेको छ ।’
हाल कर्णालीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४२० जना रहेको उनीहरू कर्णालीका विभिन्न अस्पताल र आइसोलेसनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।