सुर्खेत, १ असोज । बिहिबार कर्णालीमा ११४ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल सुर्खेत/पछुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा ११४ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल सुर्खेत/पछुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ६४ जना, दैलेख ९ जना, जाजरकोटका ६ जना, सल्यान १ जना, डोल्पा ३ जना, जुम्ला १ जना, रुकुमपश्चिमका १ जना, कालिकोटका ४ जना, कैलालीका ३ जना, बाँकेका ३ जना, बर्दिया २ जना, कंचनपुरका १ जना, अछामका २ जना, पाल्पा १ जना, रोल्पा १ जना, सर्लाहीका १ जना गरि १०५ जना र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका ९ जना गरि ११४ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।
कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या ३०३४ पुगेको छ ।
बिहिबार २८ कोरोना संक्रमण निको भएर घर फर्किएको महाशाखा प्रमुख शाहीले बताए । ‘कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या २६३३ पुगेको छ ।’ उनले भने,‘हाल ३८९ जना संक्रिय संक्रमित रहेका छन् ।’