• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कालीकोटको पिलीलाई युद्ध पर्यटकीयस्थल बनाउने अभियानमा स्थानीय
कर्णाली

कालीकोटको पिलीलाई युद्ध पर्यटकीयस्थल बनाउने अभियानमा स्थानीय

आयो रैबार डेस्कBy आयो रैबार डेस्क५ मंसिर २०७७, शुक्रबार १३:५६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

मान्म । कालीकोटको खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिलीलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न लागिएको छ । खाँडाचक्र नगरपालिकामा पर्ने साविकको दाहाँ गाविसस्थित पिलीलाई युद्ध पर्यटकीयस्थल बनाउन स्थानीयले अभियान थालेका हुन् ।

जनयुद्धको बेला तत्कालीन माओवादी र शाही सेनाबीच अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा स्थानीयले विकास गर्न लागेका हुन् । माओवादीले २०५२ सालबाट थालेको सशस्त्र द्वन्द्वका बेला अन्तिम तथा सबैभन्दा बढी मानवीय क्षति भएको पिली गाउँलाई युद्ध पर्यटनका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

२३ साउन २०६२ मा माओवादी र सेनाको दोहोरो भिडन्तमा १ सय ३ जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य लिइएको स्थानीय मानबहादुर मल्लले बताए ।

‘माओवादी र तत्कालीन शाही सेनाको सबैभन्दा ठूलो युद्ध यहीँ भएको हो,’ उनले भने, ‘सबैभन्दा बढी मानवीय क्षति भएको यस ठाउँलाई हामी युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोज्दै छौँ ।’

कर्णाली राजमार्गहुँदै जुम्ला र मुगुको राराताल घुम्न जाने बीच बाटोमा नै पर्ने पिलीमा गाडी रोकेर पर्यटकले माओवादी र सेनाबीचको भिडन्त भएको स्थानको अवलोकन गर्न सक्ने जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए । सबैले चासो राख्ने भएको कारणले पिलीलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिएको मल्लले बताए ।

‘माओवादी जनयुद्धका बेला राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चामा आएको पिलीलाई सधैँभर चिनाउन र युद्धको अवशेष देखाउन तथा स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँका रूपमा विकास गर्ने योजना छ,’ उनले भने, ‘युद्ध पर्यटकीयस्थल र लडाइँ भएकाे ठाउँमा भग्नावशेष र लडाइँमा प्रयोग भएका बङ्करको संरक्षण गर्ने तयारी थालिएको छ । लडाइँमा प्रयोग भएका हतियारसमेत संकलन गर्ने तयारी गरेका छौँ ।’

पिली भिडन्तमा माओवादी र सेनाका गरी १०३ जनाले ज्यान गुमाएका थिए । त्यो भिडन्तमा माओवादीबाट १३ श्रमिक र ६२ सेना गरी ७५ जनाको सम्झनामा स्मारकसमेत बनाइएको छ । तर २८ जना माओवादी लडाकु मारिएको बताएको भए पनि त्यसबारे उल्लेख गरिएको छैन ।

दुवै पक्षका कमान्डरसहित युद्धमा ज्यान गुमाएका सबैको सालिक बनाउने, प्रयोग भएका हतियार, उपकरण संकलन गरेर म्युजियम बनाउनेलगायतका योजना रहेको पिली युद्ध पर्यटनका अध्यक्ष पुत्रबहादुर मल्लले बताए ।

‘कर्णाली राजमार्ग निर्माण क्रममा वैशाख २०६२ मा राखिएको तत्कालीन शाही नेपाली सेनाको सडक निर्माण कार्यदलको क्याम्पमा आक्रमण भएको थियो । पिली भिडन्तमा मारिनेको तस्वीर, प्रयोग भएका हतियार र उपकरण संकलन गरेर म्युजियम बनाउने लक्ष्य लिएका छौँ,’ उनले भने ।

गाउँमा बालश्रमिकमुक्त होटल

पिली गाउँलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न थालिएपछि गाउँमा रहेको सबै होटललाई बाल श्रमिकमुक्त होटल बनाइएको छ । पर्यटन क्षेत्रको रूपमा विकास हुन थालेपछि होटल व्यवसायीले बाल श्रमिकमुक्त होटलको विकास गरेका हुन् ।

होटलमा बास बस्न देश तथा विदेशबाट पर्यटक आउन थालेपछि आफूलाई बालश्रमिक राख्न अप्ठ्यारो लागेपछि बालश्रमिकमुक्त होटलको अवधारणा ल्याएको स्थानीय होटल व्यवसायी धनबहादुर कार्कीले बताए । ‘पर्यटन क्षेत्रको रूपमा विकास हुँदै गएको छ,’ उनले भने, ‘बालश्रमिक राख्नु गैरकानुनी हो । त्यसैले बालश्रमिकमुक्त होटलको व्यवस्था गरेका हौँ ।’

पिलीमा अहिले कसैको होटलमा पनि बालश्रमिक नरहेको र बालश्रमिक राखेको होटल पनि संचालन गर्न नदिने नियम बनाइएको होटल संचालक नरबहादुर मल्लले बताए । ‘कसैले पनि बालश्रमिक काम लगाउन पाइँदैन्,’ उनले भने, ‘होटलमा कसैले बालश्रमिक राखे हामीले गैरकानुनी नियमविपरीत मान्दै आएका छौँ ।’

पर्यटकलाई लक्षित गर्दै होमस्टे

पिली गाउँमा पर्यटकलाई लक्षित गर्दै स्थानीयले होमस्टे पनि संचालन गरेका छन् । गाउँमा पर्यटकलाई लक्षित गर्दै होमस्टे संचालन गर्न थालेको होमस्टे व्यवसायी भरतबहादुर मल्लले बताए । ‘गाउँमा पर्यटक आउने दर बढ्दै गएको छ,’ उनले भने, ‘पर्यटक पारिवारिक वातावरणमा बस्न रुचाउने भएकाले होमस्टे संचालनमा गरेका हौँ ।’

होमस्टेबाट स्थानीयले राम्रो आम्दानी र स्थानीय संस्कृतिको पनि प्रचारप्रसार हुँदै जाने भएकाले स्थानीय परिकार र स्थानीय भेषभुषा प्रयोग गर्न थालिएको जिल्ला समन्वय समितिका सदस्य अनिल मल्लले बताए । ‘गाउँमा सबै स्थानीय खानाका परिकार दिने गरेका छौँ,’ उनले भने, ‘स्थानीय भाषा, संस्कृतिको पनि विकास गर्न लागिएको छ ।’

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

प्रधानमन्त्रीले भने : राष्ट्रपतिदेखि उपसभामुखसम्म सहमति गरौँ

३ माघ २०७९, मंगलवार १३:३१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति