काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
त्यस्तै, शुक्रबार ५ हजार २ सय ६५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।
आज देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । आज १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।