सुर्खेत । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । शुक्रबार बेलुका कोरोना संक्रमित सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका–१२ का ३३ वर्षीया पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएपछि कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो ।
कर्णाली प्रदेश अस्पतालमा शुक्रबार मृत्यु हुने ३३ वर्षीया पुरुषमा क्रोनिक अल्कोहोलिज्मको समस्या रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । ‘धेरै प्रयास गर्दा पनि बचाउन सकिएन् ।’ उनले भने,‘मृतक ज्वरोका कारणले पाँच दिनदेखि स्थानीय मेडिकलमा उपचाररत रहेको अन्तिम अवस्थामा प्रदेश अस्पतालमा भर्ना गरिएको थियो ।’
कर्णालीमा हालसम्म सुर्खेतका १०, दैलेखका ४, अन्य प्रदेशका २, डोल्पा, कालिकोट र रुकुमपश्चिमका १÷१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।
कर्णालीमा २१ जना कोरोना संक्रमित थपिदा २९ जना डिस्चार्ज
कर्णाली प्रदेशमा २१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८३ जनाको आरटी–पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको हो ।
प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशलामा ७२ र दैलेख अस्पतालमा ११ जनाको आरटी–पीसीआर परिक्षण गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
यीमध्ये कोरोना पुष्टि हुनेमा सुर्खेतका १७, दैलेखका दुई तथा जाजरकोट र अन्य प्रदेशका एक÷एक जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २९ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । कर्णालीका डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ४४ पुगेको छ ।
कर्णालीमा हालसम्म ९१ हजार ४७६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गरिएको छ । प्रयोगशाला अन्तरगत प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषणबाट ४७ हजार २४७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट २७ हजार ५५९, दैलेखबाट ६ हजार ६७६, चौरजहारीबाट नौं हजार आठसय, कमलबजार प्रयोगशाला अछामबाट ८९, भेरी अस्पताल बाँकेबाट ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट १७ र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट दुई जना छन् ।
जिल्लागत आधारमा कोरोना पुष्टि हुनेमा सुर्खेतका दुई हजार ५७, दैलेखका एक हजार ५१, सल्यानका ५६९, जुम्लाका ३६१, कालिकोटका ३०९, हुम्लाका ५४, मुगुका ३७, डोल्पाका १५, अन्य प्रदेशका ४८० र भारतका पाँच जना छन् । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।