• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » दर्जन पुल निर्माणसँगै भत्किएको सडक मर्मत शुरु
कर्णाली

दर्जन पुल निर्माणसँगै भत्किएको सडक मर्मत शुरु

आयो रैबार डेस्कBy आयो रैबार डेस्क७ मंसिर २०७७, आईतवार ०२:५५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
फाइल तस्वीर ।
Share
Facebook Twitter LinkedIn Pinterest Email

जाजरकोट । भेरी करिडोरअन्तर्गत छेडा– खलङ्गामा दर्जन पुल निर्माण सम्पन्न भएका छन् । मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै यात्रामा सहजता आएको छ ।

करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माण भएको सडक डिभिजन सुर्खेतका प्रमुख विजयकुमार थापाले जानकारी दिए । पुल निर्माण सम्पन्न भएसँगै वर्षायाममा भत्किएका सडक मर्मतका लागि बोलपत्र आह्वान गरिएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।

छिन्चु–जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकैसाथ दर्जन पुल निर्माण सम्पन्न भएसँगै सडक डिभिजन कार्यालय चौरजहारीले छेडाबाट खलङ्गासम्मको दर्जन ठाउँमा भत्किएको सडक निर्माणका लागि प्रक्रिया शुरु गरेको हो । भेरी करिडोरअन्तर्गत छेडा–खलङ्गा सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो ।

विसं २०७४ मा सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्शन जेभीले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका छ वटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन छ वटा पुल निर्माण भएका हुन् । दुई चरणमा मर्मत गर्नका लागि काम शुरु गर्न लागेको डिभिजन प्रमुख भट्टले जानकारी दिए ।

सडक सञ्चालनमा आएको लामो समयपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण अगाडि बढेको छ । नलगाडको झुर्मेखोलामा मोटरेबल पुल निर्माण पूरा भइसकेको छ । नलगाड नदीमा काम शुरु गर्न लागिएको छ । यस सडकखण्डको पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सात वटा मोटरेबल पक्की पुलको लागि बोलपत्र आह्वान भई काम शुरु भएको डिभिजनका प्रमुख भट्टले बताए ।

उनका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाडखोला र ताँसुखोला (चौखा) मा पुल निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । सात वटा पुल ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए ।

त्यस्तै डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ, छलगाड र करपगाडमा पनि मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर निर्माणको प्रक्रिया अगाडि बढाइएको प्रमुख भट्टको भनाइ छ । एक वर्षभित्र निर्माण पूरा हुने उद्देश्यका साथ ठेक्का खोली कामको शुरुआत गरिएको छ । सडक निर्माण शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि सडक कालोपत्रको काम शुरु गरिएको छ ।

अहिले रिम्नासम्म कालोपत्र गर्नका लागि कच्ची कटान गरी ग्रेट मिलाउने काम भएको छ । यो सडक भारतको रुपैडिया र चीनको मरिम्ला धो जोड्ने मुख्य रणनीतिक सडक हो । पुल नहुँदा यातायात सञ्चालनमा निकै कठिन भइरहेको छ । पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालनमा सहजता आउने स्थानीयवासीको भनाइ छ ।

पाँच वर्षअघि कालोपत्र भएको यहाँका सडकमा पुल नहुँदा खोलामा यात्रामा अवरोध हुँदै आएको थियो । नलगाड जलविद्युत् आयोजना, ताँसुगाड जलविद्युत् आयोजना र डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागिसमेत सघाउ पुग्ने छ ।

त्यस्तै भेरी ‘ए’लगायतका आयोजनाको डिपिआरको कामका लागि सामग्री ल्याउन सजिलो भएको छ । त्यस्तै पश्चिम छेडाबाट जुनिचाँदे गाउँपालिका र कालीमटी–लिम्सासम्म यातायातका साधन सञ्चालनका लागि यातायात व्यवस्था विभाग कर्णाली प्रदेशले स्वीकृती दिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।

केही ठाउँमा मर्मत गर्नुपर्ने टिप्पणीसहित यातायात सञ्चालनका लागि अनुमति दिइएको छ । अनुमति दिएसँगै नयाँ भाडादर कायम गरिएको छ । मध्यपहाडी लोकमार्गको काममा समेत सहजता आएको छ । रासस

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति