सुर्खेत । २२ राजनीतिक दलद्वारा असमान सन्धी–सम्झौता खारेजी गर्न माग गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा उनीहरुले असमान सन्धी–सम्झौता खारेज गर्न माग गरेका हुन् ।
२२ राजनीतिक दलद्वारा आयोजना गरिएको कार्यक्रममा एमसीसीलगाएतका अन्य राष्ट्रघाती सम्झौताको खारेजी, कालापानी लिपुलेक, लिम्पियधुरा लगायतको देशको अतिक्रमित भुमि फिर्ता, कालापानिबाट भारतिय सेना फिर्ता, भ्रष्टाचार, महंगीको विरोध गरेका हुन् । कार्यक्रममा माथिल्लो कर्णाली बचाउ अभियानका केन्द्रीय सचिव कमलविक्रम शाही, नेकपा क्रान्तिकारी माओवादीका सुर्खेत जिल्ला सचिव श्याम कार्की, नेकपा(मसाल)का प्रतिनिधि विष्णुप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाही, नेकपा क्रान्तिकारी माओवादीका दिपक शाहीलगायतका बिरोध कार्यक्रममा सम्बोधन गरेका थिए ।
राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाहीले, देश विदेशमा यो सरकारलाई कम्युनिष्टको सरकार भनेर हल्ला फिजाईएको अबस्थामा के यो देशमा साँच्चै कम्युनिष्टको सरकार छ त भन्दै प्रश्न गरे । ‘यो सरकारले मल बीउ जस्ता किसानको आधारभूत आवश्याकता परिपुर्ति गर्न नसक्ने, गरिब मजदुरको हितमा काम गर्न नसक्ने फाफिया, भ्रष्टाचारी र विदेशी दलालहरुको हितमा काम गर्ने सरकार हो ।’ उनले भने ।
यसैगरी अर्का बक्ता नेकपा(मसाल) सुर्खेतका प्रतिनिधि बिष्णुप्रसाद शर्माले यो आन्दोलन कुनै दल बिषेशको आन्दोलन नभई राष्ट्रियताको रक्षा गर्ने आम नेपालीको आन्दोलन भएको बताए ।
महङ्गी, भ्रष्टाचारलगायतका विषयहरुमा सम्पूर्ण जनता एकजुट भएर आन्दोलन गर्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चा जिल्ला समिति सुर्खेतका सचिव लालबहादुर नेपालीले गरेका थिए ।