• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता
ताजा समाचार

बाबुराम भट्टराईसहित ३३ सांसदले फिर्ता गरेनन् दसैं भत्ता

आयो रैबार डेस्कBy आयो रैबार डेस्क९ मंसिर २०७७, मंगलवार १४:५६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । गत कात्तिक पहिलो साता सांसदहरुले दसैं भत्ता लिएको समाचारले धेरैको ध्यान तान्यो । यो विषयलाई सामाजिक सञ्जालमा बहसको विषय बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले पनि भूमिका खेले ।

त्यसबेला डा. भट्टराईले दसैं भत्तासँग जोडिएर तीनवटा ट्वीट गरेका थिए । जहाँ उनले सांसदको मात्रै नभएर सरकारी कर्मचारीको समेत दसैंमा वितरण हुने अतिरिक्त तलब भत्ता रोक्न माग गरेका थिए ।

सर्वत्र आलोचना भएपछि सांसदहरुले धमाधम दसैं भत्ता फिर्ता गरे । तर, तिनै डा. भट्टराईले भने अझैसम्म दसैं भत्ता फिर्ता गरेका छैनन् ।

संसद सचिवालय स्रोतका अनुसार दसैं भत्ता फिर्ता नगर्ने संसदहरुमा डा. भट्टराई एक्ला सांसद भने होइनन् । भट्टराईको पार्टी जनता समाजवादी पार्टी (जसपा) एकजना बाहेक सबै सांसदले दसैं भत्ता फिर्ता गरेका छैनन् । हाल जसपाका ३४ सांसद छन् । तीमध्ये हरिनारायण रौनियार निलम्बनमा छन् भने रेशम चौधरी जेलमा छन् ।

संसद सचिवालय स्रोतका अनुसार जसपाका सांसद महेन्द्र राय यादवले दसैं भत्तावापतको ६४ हजार ७० रुपैयाँ कोरोना कोषमा जम्मा गरेका छन् । दसैं भत्ता फिर्ता गर्ने उनी जसपाका एक्ला सांसद हुन् । यादवले व्यक्तिगतरुपमा संसद सचिवालयलाई चिठी लेखेर दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्न आग्रह गरेका थिए ।

जसपाका नेता एकवाल मियाँ दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय पार्टीले गरेको तर, चिठी पठाउन बाँकी रहेको बताउँछन् । ‘पार्टीको कार्यकारिणी समितिले निर्णय गरिसक्यो । चिठी पठाउन बाँकी छ । चिठी पठाएपछि चाडपर्व वापत लिएको रकम काटिन्छ’ मियाँले भने ।

संसद सचिवालयले भने सांसदहरुको दसैं भत्ता फिर्ता गर्ने विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि जसपाको तर्फबाट कुनै चिठी नआएको बताएको छ ।

‘जसपाका सांसदहरुले दसैं भत्ता फिर्ता गर्ने कुरा सञ्चार माध्यममा आएको सुनिएको थियो । तर, पत्र आएको छैन के गर्ने हो ? भन्दै पटक–पटक फोन गरियो । चिठी नआएसम्म केही नगर्नु भन्ने जवाफ पाएपछि जसपाका सांसदहरुको दसैं भत्ता कटौती नगरेरै कात्तिक महिनाको तलब पठाइएको छ’ सचिवालयका एक कर्मचारीले भने ।

जसपा बाहेक स्वतन्त्र सांसदको हैसियतमा रहेका राप्रपाका सांसद राजेन्द्र लिङदेनले पनि दसैं भत्ता फिर्ता गरेका छैनन् ।

संसद सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले पत्र लेखेर पार्टीका सांसदहरुको दसैं भत्ता कोरोना कोषमा पठाउन आग्रह गरेका थिए । सोहीअनुसार नेकपा र कांग्रेसका सांसदको कार्तिक महिनाको तलब पठाइएको संसद सचिवालयले जनाएको छ ।

नेकपा र कांग्रेसका सांसदहरुले दसैं भत्ता लिएर र कोरोना कोषमा जम्मा हुने गरी फिर्ता गरे । तर, स्वतन्त्र सांसदको हैसियतमा रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भने चाडपर्व खर्च नै लिएनन् । सांसद सुवालका निजी सचिवले पनि चाडपर्व खर्च लिएनन् । ‘अरुले कोरोना कोषमा जम्मा हुने गरी फिर्ता गर्नुभयो, प्रेम सुवालले चाडपर्व खर्च नै लिनुभएन’ सचिवालयले भन्यो ।

कोरोना कोषमा करिब २ करोड थपियो

संसद सचिवालयका अनुसार सांसदहरुको दसैं भत्ताबाट कोरोना कोषमा करिब २ करोड जम्मा भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले ६७ हजार ३२० रुपैयाँका दरले दसैं भत्ता कोरोना कोषमा जम्मा हुने गरी फिर्ता गरेका छन् । राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालले दसैं भत्ता वापतको भनेर ७० हजार ७३० रुपैयाँ कोरोना कोषमा जम्मा गरेकी छन् ।

नेकपाका सांसदहरुको तर्फबाट एक करोड २४ लाख १३ हजार ८६४ रुपैयाँ, नेपाली कांग्रेसका सांसदहरुको तर्फबाट ४३ लाख ५ हजार ९३६ रुपैयाँ कोरोना कोषमा जम्मा भएको छ ।

जसपाका सांसद महेन्द्र राय यादव र स्वतन्त्र सांसदको हैसियतमा रहेका जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि दसैं भत्ता वापतको ६४ हजार ७० रुपैयाँ कोरोना कोषमा जम्मा हुने गरी फिर्ता गरेका छन् ।

सांसदहरुका तर्फबाट दसैं भत्ता वापत्त लिएको रकम कात्तिक महिनाको तलबबाट कटाएर १ करोड ७० लाख ५३ हजार ३१० रुपैयाँ कोरोना कोषमा पठाइएको संसद सचिवालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

समाजवादीले १५ दिनको तलब पनि छोडेन

संसद सचिवालयका अनुसार डा. बाबुराम भट्टराईसहित तत्कालीन समाजवादी पार्टीका १६ जना सांसदले १५ दिनको तलब पनि कोरोना कोषमा जम्मा गरेका छैनन् । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेपछि रकम जोहो गर्न भन्दै ०७६ चैतमा नेकपा, नेपाली कांग्रेस, तत्कालिन राजपा नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना कोषमा जम्मा गरेका थिए । त्यसबेला डा. भट्टराई तत्कालिन संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष थिए ।

‘१५ दिनको तलब कोरोना कोषमा जम्मा गर्ने भनेर अन्य पार्टीको पत्र आयो तर, तत्कालीन समाजवादीका कुनै सांसदले न व्यक्तिगत रुपमा पत्र पठाए, न त पार्टीका तर्फबाट । त्यसकारण, उहाँहरुको १५ दिनको तलब कोरोना कोषमा गएको छैन’ सचिवालय स्रोतले अनलाइनखबरसँग भन्यो ।

‘के गर्ने ? भनेर पटक–पटक भनियो तर, पार्टीको चिठी नआएसम्म केही नगर्नु भन्ने उतिबेलाको जवाफ थियो’ संसद सचिवालयका एक कर्मचारीले भने ।याे सामग्री अनलाइन खबर बाट साभार गरिएकाे हाे ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति