सुर्खेत । कालिकोट जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ । पलाँता गाउँपालिका–७ पारौटीका ४० वर्षीया जयपुरा बमको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत शुक्रबार बेलुका उद्दार गरिएको हो ।
गर्भवती रहेकी बमको सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्य चौकीमा आएको र पाठेघरको मुख खुले पनि शिशु जन्मिन नसकेका कारणले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरेर सुर्खेत लगिएको स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख हिमाल संज्याल बताए ।
बमको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उहाँलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको पलाँता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिनोद न्यौपानेले बताए । ‘बमको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेको छ ।’ उनले भने,‘पाठेघरमा जटिल समस्या देखिएका कारणले उद्दार गरी सुर्खेतस्थित प्रदेश अस्पताल थप उपचारका लागि लगिएको छ ।’