सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो चरणको परिक्षा आईतबारदेखि शुरु भएको छ । अनलाईन माध्यामबाट सञ्चालन हुने परिक्षा पुस १३ गते सम्म सञ्चालन हुने छ।
कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै परिक्षा अनलाईन माध्यमबाट सञ्चाल गरिएका छन् ।
परिक्षामा स्नातक र स्नाताकोत्तर तहका विभिन्न संकाय ७ हजार ५ सय ५५ जना विद्यार्थीहरु सहभागी भएको परिक्षा व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
परिक्षा व्यवस्थापन कार्यालयका प्रमुख डाक्टर आनन्द सुवेदीका अनुसार परिक्षामा सहभागी हुनेमा मानविकी संकायततर्फ एक हजार चार सय ४१, शिक्षाशास्त्र संकायतर्फ २ हजार ४ सय ९९ सय, व्यवस्थापन संकायतर्फ २ हजार १ सय ८८, विज्ञान तथा प्रविधि संकाय तर्फका ३ सय ९४ जना परिक्षार्थी सहभागी भएका छन् ।
यस्तै इञ्जिनियरिङ्ग संकाय तर्फका ९ सय ५५ र कानुन संकायतर्फका ७८ जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका छन् ।
उनका अनुसार ‘स्नातकतह अन्तर्गत पहिलो, तेस्रो र पाँचौँ सेमिष्टार, र स्नातकोत्तरतहको पहिलो सेमिष्टार परिक्षा हो ।
परिक्षामा नियमित र आंशिक दुवै तर्फका परिक्षार्थी सहभागी भएका छन् । परिक्षा १८ ओटा परिक्षा केन्द्रमा सञ्चालन भएको छ ।
यस्तै यो पटक देखि विश्वविद्यालयको अन्य १० ओटा आङ्गिक क्याम्पसहरुमा समेत परिक्षा सञ्चालन गरिएको सुवेदीले बताए ।
यो पटक देखि विश्वविद्यालयको अन्य १० ओटा आङ्गिक क्याम्पसहरुमा समेत परिक्षा सञ्चालन गरिएको छ ।
उनका अनुसार जलजला बहुमुखी क्याम्पस रोल्पामा २ सय ४४, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटमा १ सय ४५, नारायण क्याम्पस दैलेखमा ४ सय ४, भेरिज्ञानोदय क्याम्पस जाजरकोटमा ३ सय ९१, भेरी शिक्षा क्याम्पस गुमीमा ७८, मुसीकोट खलङ्गा बहुमुखी क्याम्पसमा रुकुममा ४ सय ६१, रारा बहुमुखी क्याम्पस मुगुमा १ सय २८ जना विद्यार्थी परिक्षामा सहभागी भएका छन् ।
यस्तै बबई बहुमुखी क्याम्पस बर्दियामा ६ सय ५३, वागेश्वरी बहुमुखी क्याम्पस बाँकेमा ६ सय ८४, विद्यापुर जनता बहुमुखी क्याम्पस विद्यापुरमा १ सय ८७ जना परिक्षामा सहभागी भएका छन् ।
यसअघि कात्तिक १७ गतेदेखि अनलाइन माध्यमबाटै पहिलो चरणको परिक्षा सञ्चालन गरिएको थियो ।