एजेन्सी ।काजाेल, आमिर खान, जुही चावला, अजय देवगनको फिल्म ‘इश्क’ले आइतवार २३ वर्ष पूरा गरेको छ। यसै फिल्मबाट अजय र काजोलको वास्तविक जीवनमा प्रेम सम्बन्ध सुरु भएको बताइन्छ।
अभिनेत्री जुही चावलाले इंस्टाग्राममा खुशी व्यक्त गर्दै ‘इश्क’ को एक कमेडी सीन शेयर गरेकी छिन्।
सन् १९९७ मा प्रदर्शनमा आएको फिल्म ‘इश्क’ वर्षकै सबैभन्दा बढी कमाई गर्ने तेस्रो फिल्म थियो। फिल्मको गीत र म्यूजिक हिट भएका थिए।
यद्यपि जुही चावला र आमिर खानले एक साथ काम गरेको यो अन्तिम फिल्म हो। दुबैबीच एक मजाकलाई लिएर गलत बुझाई हुँदा सम्बन्ध चिसिएको बताइन्छ।
अर्कोतिर अजय देवगन र काजोलका लागि भने यो फिल्म प्रेम सम्बन्ध गास्ने मियो बन्यो।
करिश्माले छोड्दा बन्यो लाइफ टाइम जोडी
यो फिल्मको हिरोइनका लागि सुरुमा करिश्मा कपूर र माधुरी दीक्षितलाई प्रस्ताव गरिएको थियो। तर अजय देवगनका कारण करिश्माले काम गर्न अस्वीकार गरिन् भने माधुरी व्यस्त हुँदा जुहीले मौका पाइन्। करिश्माले अस्वीकार गर्दा काजोल अजयको जोडी बनिन्। यहीँ जोडी पछि गएर लाइफ टाइम जोडी बन्यो। अर्थात प्रेम सम्बन्ध सुरुवात गरेका दुबैले विहे गरे।