• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » जुम्लामा नाम मात्रका अस्थायी कोभिड अस्पताल
ताजा समाचार

जुम्लामा नाम मात्रका अस्थायी कोभिड अस्पताल

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१७ मंसिर २०७७, बुधबार ०५:५१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

जुम्ला । संघीय सरकारले देशभरका स्थानीय तहलाई अस्थायी कोभिड अस्पताल निर्माण गर्न बजेट उपलब्ध गराएपछि त्यस्ता अस्पताल बनेका छन् । तर, जुम्लामा स्थापना भएका कोभिड अस्पताल उपकरण र डाक्टरविनै सञ्चालनमा आएका छन् ।

हरेक स्थानीय तहले कोभिड अस्पताल निर्माण गरी एक एमबिबिएस डाक्टर, एक ल्याब टेक्निसियन, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी करारमा नियुक्त गरी सेवा सुरु गर्न सक्छन् । तर, जुम्लामा यी कुनै सुविधा छैनन् । जुम्लाका सात स्थानीय तहले अस्थायी कोभिड अस्पताल निर्माण गरिसकेका छन् ।

चिकित्सकका लागि दुई–दुईपटकसम्म सूचना आह्वान गरे पनि चिकित्सक पाउन सकेका छैनन् । विशेषज्ञ डाक्टर नआउँदा कोभिड अस्पतालका लागि चाहिने आवश्यक उपकरण पनि व्यवस्थापन नभएको स्थानीय तहले जनाएका छन् ।

तिलामा छैनन् विशेषज्ञ चिकित्सक
तिला गाउँपालिका स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले कोभिड अस्पताल बनेपछि सञ्चालनको तयारी भए पनि विशेषज्ञ डाक्टर नपाएपछि समस्या देखिएको सुनाए । एमबिबिएस चिकित्सक नपाउँदा आवश्यक उपकरण पनि ल्याउन नसकिएको उनले जानकारी दिए ।

‘अक्सिजन, न्युलाइट, अक्सिजन मिटर, अक्सिजन सिलिन्डर, आइसियू तथा भेन्टिलेटरजस्ता उपकरण विशेषज्ञ डाक्टरविना अरूले चलाउन नसक्ने हुँदा हालसम्म खरिद गरेका छैनौँ,’ स्वास्थ्य संयोजक शाहीले भने ।

सरकारी मापदण्डअनुसार तलब–भत्ता दिइने भने पनि दुर्गमका कोभिड अस्पतालमा चिकित्सक नआउँदा जटिल खालका बिरामीलाई समस्या देखिए उपचार मुस्किल हुने गरेको उनले बताए । विकल्पका रूपमा कर्णाली स्वास्थ्य विज्ञानका चिकित्सक बोलाउने तयारी भइरहेको उनले जानकारी दिए ।

दुईपटक सूचना गर्दा पनि आएनन् विशेषज्ञ
तातोपानी गाउँपालिकाले गत ३ कात्तिकदेखि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले दुई–दुईपटकसम्म सूचना निकाल्दा पनि एमबिबिएस डाक्टर पाउन सकेको छैन ।

तातोपानीका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईं विशेषज्ञ डाक्टर नभए पनि दुई स्टाफ नर्स र एक कार्यालय सहयोगी राखेर कोभिड अस्पताल सञ्चालन गरिएको बताउँछन् ।

उनले भने, ‘भेन्टिलेटर ल्याउनेबारे प्रदेशसँग समन्वय भइरहेको छ । तर, विज्ञ डाक्टर नआएसम्म उपकरण ल्याउनुको अर्थ छैन । जुम्लाका सबै कोभिड अस्पतालमा डाक्टर नआउँदा समस्या भएको छ ।’ अस्पतालमा सामान्य उपकरण भए पनि अत्यावश्यक पर्ने ठूला उपकरण दक्ष जनशक्तिविनै ल्याएर सञ्चालन गर्न नसक्ने अवस्था रहेको चौलागाईं बताउँछन् ।

सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले कोभिड अस्पताल स्थापना गरे पनि डाक्टर नपाउँदा सञ्चालनमा समस्या रहेको बताए । ‘दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टर आउनै मान्दैनन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले कोभिड अस्पतालमा सरकारले नै डाक्टर पठाइदिने व्यवस्था गर्नुपर्छ,’ रावलले भने ।

गुठीचौर गाउँपालिकाको उस्तै समस्या
गुठीचौर गाउँपालिकाले पनि दुईपटक विज्ञापन आह्वान गर्दासमेत डाक्टर नपाएपछि कोभिड अस्पताल सञ्चालनमा अन्योल भएको नयाँ पत्रिकामा खवर छापिएकाे छ । गाउँपालिका अध्यक्ष हरिबहादुर कुँवरका अनुसार स्टाफ नर्स, कार्यालय सहयोगीको पदपूर्ति भए पनि विशेषज्ञ डाक्टर नपाउँदा समस्या छ । ‘कोभिड अस्पतालका लागि घर भाडामा लिइसकेका छौँ । डाक्टर नपाइएपछि जटिल समस्या आइपरे प्रतिष्ठानलाई गुहार्नुको विकल्प छैन,’ भण्डारीले भने ।

संघीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अनिवार्य अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा १० लाखका दरले बजेट पठाएको थियो । जुम्लाको चन्दननाथ नगरपालिकाबाहेक सात स्थानीय तहलाई १० लाखका दरले ७० लाख बजेट दिइएको हो । कर्णाली प्रतिष्ठान नगरपालिकाभित्र परेकाले यहाँ कोभिड अस्पताल बनाइएको छैन ।10

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति