• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णाली प्रदेश राजधानीमा बढ्दै सडक दुर्घटना
कर्णाली

कर्णाली प्रदेश राजधानीमा बढ्दै सडक दुर्घटना

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१७ मंसिर २०७७, बुधबार १३:५८
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित मूलपानी चोक नजिकै बुधबार बिहान अटो दुर्घटना भयो । उक्त दुर्घटनामा ठूलो क्षति भएन । दुईजना घाइते भए । मंगलबार जिप दुर्घटना भयो । सोमबार छुट्टाछुट्टै ठाउँमा अटो रिक्सा र मोटरसाइकल दुर्घटना भए । उक्त दुर्घटनामा मानवीय क्षति नभए पनि मोटरसाइकल पूर्णरुपमा ध्वस्त भयो र अटोमा धेरै क्षति भयो ।
यति मात्र होइन पछिल्लो समय तीव्र गतिमा सवारी साधन चलाउँदा र ट्राफिक व्यवस्थापन फितलो हुँदा प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक साना सवारी दुर्घटना हुँदै आएका छन् । वीरेन्द्रनगरमा करिब २५ हजारभन्दा बढी सवारी साधन गुड्छन् । यी सवारी साधनलाई सहीरुपमा व्यवस्थापन गर्न नसक्दा दैनिकजसो सवारी दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । ठूला दुर्घटना नभए पनि हप्तामा नगरभित्र सात/आठवटा साना दुर्घटना हुने गरेकाे समाचार नागरिक दैनिकमा प्रकाशित भएकाे छ । ‘ट्राफिक प्रहरीले सही व्यवस्थापन गर्न नसक्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रायः दुर्घटना हुने गरेका छन्,’ नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव सुदीप पुरीले भने, ‘सवारी चालकसहित ट्राफिक प्रहरीले पनि सहीरूपमा जिम्मेवारी निर्वाह गर्न नसक्दा दुर्घटना बढ्दै गएका छन् ।’ ‘यस्तो फिलतो ट्राफिक व्यवस्थापन भयो भने नगरभित्र ठूला दुर्घटना नहोलान् भन्न सकिन्न,’ उनी भन्छन्, ‘ट्राफिक प्रहरी जरिवाना असुल्नुभन्दा कारबाही गर्न लाग्नु पर्छ ।’ प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनलाई जरिवाना मात्र तिराउने र कार्बाही नगर्दा पनि ट्राफिक उल्लंघन बढ्दै गएको उनको भनाइ छ ।
जरिवाना असुलसँगै ट्राफिक नियम उल्लंघन गर्नेलाई कार्बाही पनि गर्नुपर्ने उनीहरू बताउँछन् ।
ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीको चिनेजानेको व्यक्तिलाई नियन्त्रण नगर्दा झन् जोखिम बढ्दो छ । त्यस्ता व्यक्तिहरूले सडकमा जथाभावी सवारी साधन चलाउने गरेका छन् । वीरेन्द्रनगरमा ट्राफिक नियम कार्यान्वयन गर्नतर्फ जिम्मेवार निकाय लागेमा दुर्घटना न्यूनीकरण हुने नागरिक समाजका खिम रेग्मीले जनाए । ‘बजारमा कतिबेला त ट्राफिक प्रहरी भए नभएको अनुभूति नै हुँदैन,’ उनले भने, ‘सडकमा हिँड्दा आफैँतिर सवारी साधन ठोकिएला भन्ने डर हुन्छ ।’
बजारभित्र गति सीमित नहुँदा पनि दुर्घटना बढ्दै गएको उनको भनाइ छ ।
वीरेन्द्रनगरको तल्लो बजार (मंगलगढी–वीरेन्द्रचौक) सडक सबैभन्दा अस्तव्यस्त हुन्छ । त्यहाँ आफ्नो रुट (साइट) मा समेत सवारी साधन हिँड्दैनन् । जसले गर्दा पैदलयात्रीलाई जोखिम बढ्दै गएको वीरेन्द्रनगरका स्थानीय मनराज देवकोटा बताउँछन् । ‘ट्राफिक प्रहरीले राम्रो व्यवस्थापन गर्न नसक्दा सडक छेउछाउ हिँड्न र सडक क्रस (बाटो काट्न) गर्न ठूलो जोखिम छ,’ उनले भने, ‘यस्तो हुँदा पनि ट्राफिक प्रहरी मुखदर्शक मात्र हुन्छ ।’
उक्त सडकमा जेब्रा क्रसिङ नहुँदा पनि यात्रुलाई बाटो काट्न समस्या हुँदैन आएको छ । प्रदेश राजधानी जस्तो ठाउँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुनु ट्राफिक प्रहरीको असक्षमता भएको स्थानीय बताउँछन् ।
यता ट्राफिक प्रहरीले भने दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान चलाएको बताएको छ । मंगलबारदेखि ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न ‘चालकसँग एक मिनेट’ अभियान सञ्चालन गरेको छ । यसले दुर्घटना न्यूनीकरणमा सघाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति