काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा १, मोरङमा २९, सुनसरीमा २४, धनुषामा ९, पर्सामा ५, बारामा ३, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २, सिरहामा , काठमाडौँमा ५३१, काभ्रेमा १९, चितवनमा ४, दोलखामा ५ र धादिङमा १६ जना कोरोना संक्रमित थपिएका छन्।
यस्तै नुवाकोटमा २३, भक्तपुरमा ५८, मकवानपुरमा १८, रसुवामा ७, रामेछापका १३, ललितपुरमा १३४, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा १, कास्कीमा ५८, गोरखामा २१, तनहुँमा १४, नवलपरासीपूर्वमा ३, पर्वतमा ३, लमजुङमा २३, बागलुङमा ३, स्याङ्जामा ७, अर्घाखाँचीमा ५, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६९, नवलपरासीमा ६, पाल्पामा १९, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २२, रुपन्देहीमा २८, रोल्पामा १, रुकुमपश्चिममा ४, अछाममा ११, कञ्चनपुरमा १७, कैलालीमा ११२, डडेल्धुरामा १, दार्चुलामा १, बझाङमा ६ तथा बाजुरामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७२३ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ५ सय ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ३०० सय पीसीआर परीक्षण भएको छ। हाल देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित छन् भने ६ सय ५ जना क्वारेन्टिनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३६५ जना संक्रमितको आईसीयु र ६४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ।