सुर्खेत । जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएपछि सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लालाई सिल गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बेलुका एक सूचना जारी गर्दै मंसिर १८ गतेदेखि २० गतेसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापनबाहेक अन्य दैनिक सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । ‘सेवा प्रवाह गर्दा सेवाग्राही समेतलाई संक्रमण फैलिने जोखिम हुने हुँदा दैनिक सेवा प्रवाह बन्द गरिएको हो ।’ उनले भने,‘दैनिक सेवा प्रवाह बन्द गरिएको छ ।’