• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » बादलकाे तेस्रो शक्ति दाबी, पाँच स्थायी सदस्यकाे साथ
ताजा समाचार

बादलकाे तेस्रो शक्ति दाबी, पाँच स्थायी सदस्यकाे साथ

आयो रैबार डेस्कBy आयो रैबार डेस्क२२ मंसिर २०७७, सोमबार १३:१४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडाैं । नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’माथि कित्ता क्लियर गर्न नेकपाभित्रै दबाब छ । अर्थात्, अध्यक्ष प्रचण्डको लाइनमा हो कि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको लाइनमा ?

हम्मेसी नबोल्ने बादल बेलामौकामा बोल्छन् तर ओलीलाई समर्थन पुग्ने गरी । त्यसैले, धेरैको मत ओली लाइनमा छन् बादल भन्ने हुन्छ । अझ नेता माधव नेपाल समूहका नेताहरू त बादलको भूमिकामाथि मात्र आंशका गर्दैनन्, उनको क्षमतामै प्रश्न उठाउँछन् ।

बेलामौकामा राष्ट्रपति विद्यादेवी भण्डारीको भरोसा पाउने भएकोले पनि हुनसक्छ, बादल दुई अध्यक्षको सन्तुलनकारी त देखिन खोज्छन् तर त्यसको प्रभाव भने पार्टी बैठकमा देखिँदैन् । त्यही कारण बादलको साथमा रहेका स्थायी समिति देव गुरुङ, पम्फा भुसाललगायतका नेताहरूले साथ छोडिदिए । र, प्रचण्डको खम्बा बनेर उभिए । 

तर, अहिले बादल आफ्नै टीम बनाउने प्रयासमा जुटेका छन् । बादल पूर्वमाओवादी नेताहरूलाई साथ राखेर नेकपामा ‘तेस्रो शक्ति’को रूपमा आफूलाई ठान्न थालेका छन् । बादलनिकट स्रोतका अनुसार अहिले पूर्वमाओवादी खेमाका नेताहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापा र लेखराज भट्टलाई आफ्नो टिममा जोडेका छन् ।

स्थायी समितिका चार जना नेताको साथ पाएकै कारण बादल आफूलाई ‘तेस्रो शक्ति’ ठान्छन् । आफूनिकटका नेताहरूसँग बादलले भन्न पनि थालेका छन्, गुरुङ र भुसाल दुई जना स्थायी समितिका सदस्यले छाडेर के भो त चार जना थपिएका छन् । अर्थात आफूसहित पाँच जना जम्मा भएर यो टिमले ओली–प्रचण्डको मिलापको डिजाइन गरिरहेका छन् । 

त्यही क्रममा २१ मंसिरको स्थायी समिति बैठकअघि पनि यो टिम छलफल गरेर धुम्बाराही बैठकमा पुगेको थियो । निरन्तर संवादमा रहेको यो टिमको लाइन भने दुई अध्यक्ष प्रचण्ड र केपी ओलीबीच एकता हुनुपर्छ भन्ने हो । र, त्यो एकता कम्तिमा पनि एकता महाधिवेशनसम्म जानुपर्ने तर्क छ । अर्थात्, उनीहरू माधव नेपाल समूहसँग प्रचण्डको सहकार्य अनुचित ठान्छन् ।

२१ मंसिर बिहानको उनीहरूको निष्कर्ष थियो – दुई अध्यक्षको मिलापकै लागि स्थायी समितिको बैठक १० दिनभन्दा बढी लम्ब्याउनुपर्छ । त्यही निष्कर्षअनुसार नै धुम्बाराही बैठकमा महासचिव विष्णु पौडेलले एक सातापछि स्थायी समिति राख्न प्रस्ताव गर्दा बादलले १० दिनपछि बैठक राखौँ भनेका थिए । तर, त्यसमा बादलको भनाइ सुनवाइ भएन । र उनीहरू केन्द्रीय समितिको बैठक नराख्ने प्रस्तावमा थिए । तर, माधव नेपालले ५ पुसमा केन्द्रीय समिति बैठक राख्ने प्रस्ताव गरेका थिए ।

२० मंसिरको सचिवालय बैठकमा बादलले कार्यदल बनाएर समस्या समाधान गर्नुपर्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव पनि बादल टिमका पाँच भाइ बसेर डिजाइन गरेका थिए । बादलनिकट स्रोतका अनुसार पाँच भाइको रणनीति बादलले सचिवालयमा कार्यदल बनाउन प्रस्ताव गर्ने र कार्यदलको संयोजक बामदेव गौतमलाई बताउने सदस्यमा महासचिव विष्णु पौडेल र बादल सदस्य रहने रणनीति उनीहरूबीच बनेको थियो । त्यही रणनीति २० मंसिरको सचिवालय बैठकमा बादलले प्रस्ताव गरे, तर त्यसमा सहमति जुटेन ।

बादलको यो प्रस्ताव आउनुअघि १५ मंसिरको साँझमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेटेकी थिइन् । त्यस भेटमा पनि बादललाई सन्तुलनकारी भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारीको सुझाव थियो ।

राष्ट्रपति भण्डारीले बादलसँग भनेकी थिइन्, ‘अहिलेको तपाईंको भूमिका ठीकै तर दुई अध्यक्षलाई मिलाउन अझ सक्रिय भूमिका अपेक्षा राखेको छु ।’ राष्ट्रपति भण्डारीको त्यही अपेक्षा पूरा गर्न २० मंसिरको सचिवालय बैठकमा दुई अध्यक्ष मिलाउनकै लागि बादलको टिमले कार्यदल बनाउने प्रस्तावको उपाय निकालेको बादलनिकट स्रोतको दाबी छ ।

त्यसैले अहिले बादलनिकट पुगेका स्थायी समिति सदस्य हरिबोल गजुरेलले प्रचण्ड-माधव नेपालको समीकरण घातक हुने टिप्पणी गरेका छन् । 

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

नेकपा विवाद
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

चितलको छालासहित एक जना पक्राउ

१८ माघ २०७९, बुधबार ०४:५२

माओवादी स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

१८ माघ २०७९, बुधबार ०४:५१

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

१८ माघ २०७९, बुधबार ०४:४६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति