काठमाडौं । सत्तारुढ दल (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाका नेता तथा पूर्वराजदूत स्व.कमानसिंह लामा परिवारको आर्थिक विवाद मिलाउन अभिभावकीय भूमिका खेलेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
उक्त भिडियोलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका कार्यकर्ताले प्रवक्ता श्रेष्ठको बदनाम गर्न खोजेका छन्।
प्रवक्ता श्रेष्ठले घुसनै मागेको जस्तो गरि उनीहरुले कुप्रचार गरिरहेका छन्।
यसबारे माग गरेको आफू छानबिनका लागि तयार रहेको र आफूलाई बदनाम गराउने षडयन्त्र बाहेक अरु केही नभएको प्रष्ट पारिसकेका छन्।
यसैबीच, इडिट गरेर अपलोड गरिएको उक्त भिडियोलाई लिएर अफवाह फैलाइएपछि सम्बन्धीत हाइड्रो कम्पनीलेनै विज्ञप्ति जारी गरेको छ।
याम्बालिंग हाईड्रोपावरका कार्यकारी अधिकृतले विज्ञप्ति जारी गर्दै प्रवक्ता श्रेष्ठको उक्त विवादमा कुनै साइनो नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।
