काठमाडौँ । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशभर मौसम प्रभावित भएको हो ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ ।
प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसमविदले बताएका छन् ।
राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश १ को पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
मंसिर २७ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।
मंसिर २८ गते (आईतबार)
दिउँसो : प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ।
राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।
मंसिर २९ गते (सोमबार)
दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पहाडी भेगका केहि स्थानहरुमा हल्का वर्षा संगै हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आई चिसो बढ्नुको साथै तराईका अधिकांश भु-भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।