सुर्खेत । कालिकोटका अग्नि पीडितलाई घरहरु हस्तान्तरण गरिएको छ । शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाडाका अग्नि पीडितलाई घर हस्तान्तरण गरेका हुन् ।
पलाता गाउँपालिका –१ खाडा स्थित न्यौपाने बस्तीका २४ ओटा निर्माण सम्पन्न घरहरु मुख्यमन्त्री शाहीले स्थानीयलाई हस्तान्तरण गरेका हुन् ।
२०७५ पुष ९ गते विहाना २ बजे न्यौपाने बस्तीमा भिषण आगलागि भएको थियो । उक्त, आगलागिबाट न्यौपाने बस्तीका ३२ घरहरु जलेर नष्ट हुनुका साथै गाईबस्तु पनि आगलागिमा जलेका थिए ।कर्णाली प्रदेश सरकारले ५ लाख लागतमा घरहरु निर्माण गरेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानका अनुसार निर्माण गरिएका घरहरु २ तले, टिनको छानाले छाएको, सिमेन्टले पलस्टर गरिएका छन् । उनले भनिन,‘ नागरिकको मुहारका खुसी छाएको छ । हामीले गासबासको व्यवस्थापनाका सहयोग गरिरहेको थियौँ ।’
अग्नि पीडित नविन न्यौपानेले घर पाएपछि खुसी व्यक्त गरे । धेरै पछि आफ्नै घरका बस्न पाईने भयो ,’ हाम्रा लागि यो भन्दा ठुलो अरु के नै हुन सक्छर;’उनले भने ।