काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार १ सय ३३ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी विश्वभर कोरोनाबाट ज्यान जानेहरुको संख्या ९ लाख ६० हजार ८ सय ६३ पुगेको छ ।
कोरोना संक्रमणबाट सकै भन्दा धेरै संक्रमित अमेरिकामा मरेका छन् ।
जहाँ अहिलेसम्म संक्रमणबाट दुई लाख ३ हजार ८ सय २४ जनाको ज्यान गएको छ ।
ब्राजिलमा १ लाख ३६ हजार ५ सय ६५ जना संक्रमितको मृत्यु भएको छ भने भारतमा ८६ हजार ७ सय ७४ जना संक्रमितको मृत्यु भएको छ ।