सुर्खेत। नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिष्ट सरकारबाट लोकतन्त्र बचाउनुपर्ने अवस्था आएको बताएका छन् । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको बताउदै उनले नेकपाभित्रको लेनदेनको राजनीतिले मुलुकलाई बन्धक बनाएको आरोप लगाए । ‘मुलुक महामारीको गम्भीर संकट झेलिरहेको छ तर सरकार र सत्तारुढ दल के गरिरहेको छ ?’ महरले भने, ‘कसैलाई कुर्सी बचाउनुछ कसैलाई कुर्सी चाहिएको छ, जनता मरिरहेका छन् । ‘कम्युनिष्टको सरकार देश र जनताप्रति जिम्मेवार भएन’ नेपाल विद्यार्थी सघ सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महरले प्रचण्डले प्रधानमन्त्रीमाथि लगाएको आरोपको नेपाली जनताले जबाफ खोज्ने बेला भएको भन्दै उनले जवाफ कांग्रेसले माग्नका लागि आन्दोलनको तयारी गरेको बताए । सरकारका नराम्रा काम जनता सामु आउने त्रासले सरकारले काँग्रेस नेताहरुलाई कार्यक्रम आयोजनामा उपस्थित हुन रोक्ने लगायतका काम गरेको आरोपमा लगाए ।
उनले कम्युनिष्ट सरकारबाट लोकतन्त्र बचाउनुपर्ने अवस्था आएको बताएका छन् । सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाए । महरले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहारबाट लोकतन्त्रकै अपमान भएको र त्यसैको विरोधमा काँग्रेस देशव्यापी विरोधमा उत्रिएको र यहि २९ गते देशब्यापी आन्दोलनको घोषणा गरेको बताए ।
‘
नेता महरले सरकारका विभिन्न काण्ड सार्वजनिक हुँदा समेत चुप लागि बसेको आरोप लगाएका हुन् । उनले सरकारले काम गर्न सकेन भन्दै पटक पटक आवाज कांग्रेसले उठाउँदै आएकोले अब सडक आन्दोलनको तयारी थालेको बताए । पत्रकार सम्भेलन नेपाल विद्यार्थी सघ सुर्खेतका अध्यक्ष गौतम बिसिको अध्यक्षतामा सम्पन्न भएको थियो ।