Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

सुर्खेत उपत्यकाकाे खानेपानी समस्या हल गर्न भेरीको पानी पम्पिङ गरी ल्याइदैं

By आयो रैबार संवाददाता२९ मंसिर २०७७, सोमबार १२:२७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको समस्या भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने योजना ल्याइएको छ ।

खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने भएको हो । डेढ लाख जनसंख्या रहेको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनसंख्याका कारण पानीको समस्या छ । वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी पुर्‍याउन सकेको छैन ।

विसं २०५७ मा स्थापित सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था (झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था)ले वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आइरहेको छ । आयोजनाले झुप्रा खोलाको पानीलाई शुद्ध गरेर उपत्यकामा पानी वितरण गरे पनि मागअनुसार पानी उपलब्ध हुन सकेको छैन ।

वीरेन्द्रनगरको खानेपानी आयोजना प्रदेश सरकारको पहिलो प्रथामिकताको आयोजना भएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।

सो आयोजनाका लागि प्रदेश सरकारले रू. एक अर्ब रकम छुट्याइएको उनले जानकारी दिए । आयोजना ठूलो र बृहत भएकाले संघीय सरकारले नेतृत्व लिनुपर्ने ज्वालाले बताए । संघीय सरकारको नेतृत्वमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले काम गर्नुपर्ने तथा त्यसका लागि आवश्यक बजेट चालू आर्थिक वर्षमै प्रदेश सरकारले व्यवस्था गर्ने उनले बताए ।

प्रदेशको मुटुमा रहेको ठूलो तथा बहुप्रतिक्षित खानेपानी आयोजना भएकाले लामो समयका लागि योजना निर्माण गरिएको खानेपानी विभागका उपमहानिर्देशक सूर्यराज कँडेलले बताए । प्रदेश राजधानीको खानेपानी समस्या दीर्घकालीन रुपमा समधान गर्न यो आयोजना परिकल्पना गरिएको उनले जानकारी दिए ।

तीन तहको सरकारको स्रोत जुटाएर आयोजना सम्पन्न गर्ने उनको भनाइ छ । जलवायु अनुकूलन बृहत खानेपानी आयोजनाअन्तर्गत भएकाले यसमा १० प्रतिशत सहभागिता चाहिने कँडेलले बताए । उनले यहाँको जग्गा, रकमको स्रोतलगायतका काम टुङ्गिएमा तत्काल प्राविधिकले अन्तिम डिजाइनको काम गर्ने जानकारी दिए ।

संघीय सरकारले नेतृत्व गरेको बृहत खानेपानीमा प्रदेश सरकारसँगै नगरपालिकाले पनि सहयोग गर्ने नगर प्रमुख देवकुमार सुवेदीले प्रतिबद्धता जनाए । कामको विभाजन गर्दा गर्नुपर्ने कामको जिम्मेवारी लिने भन्दै आवश्यक बजेट, जग्गा प्राप्तिमा सहजीकरणलगायतका काममा साझेदारी गर्न नगरपालिका तयार रहेको प्रमुख सुवेदीले बताए ।

वीरेन्द्रनगरमा खानेपानी समस्या समधान गर्न आगामी ३० वर्षका लागि योजना तयार गरिएको अध्ययन टोली सदस्य तथा विज्ञ प्रशान्त मल्लले बताए । वीरेन्द्रनगरमा हाल १० ओटा स्किम रहेकोमा यो योजना निमार्ण भए २४ ओटा स्किम रहने उनले बताए ।
वीरेन्द्रनगरमा सहज रूपमा पानी व्यवस्थापन गर्न भेरीबाट ७० प्रतिशत पानी आपूर्ति हुने र बाँकी ३० प्रतिशत पुरानै मुहान झुप्राखोलाबाट आपूर्ति हुने उनले बताए ।

अहिले तयार पारेको रिर्पोट अनुसार करीब रू. छ अर्ब रकम लाग्ने अनुमान गरिएको छ । भेरी नदीमा निमार्ण हुने ट्यांकीका लागि रू. ५० करोड, मुहानबाट अमृतडाँडासम्मका लागि रू. एक अर्ब ५० करोड तथा वीरेन्द्रनगर उपत्यकाभित्र विस्तारका लागि रू. चार अर्ब ६७ करोड लाग्ने अनुमान गरिएको छ ।

उपत्यकामा पानीको अभाव कम गर्न भेरीको पानीलाई तानेर ल्याउने योजना बनाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल वीरेन्द्रनगरमा २७ लाख लिटर पानी प्रतिदिन अपुग रहेको छ । रासस

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति