• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » सञ्चालनमा आउँदै आन्तरिक हवाई सेवा– भाडा नबढ्ने, पूर्ण क्षमतामा यात्रु बोक्न पाइने
ताजा समाचार

सञ्चालनमा आउँदै आन्तरिक हवाई सेवा– भाडा नबढ्ने, पूर्ण क्षमतामा यात्रु बोक्न पाइने

आयो रैबार डेस्कBy आयो रैबार डेस्क४ आश्विन २०७७, आईतवार ०८:५९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । करिब ६ महिनापछि देशका प्राय सबै (चालू अवस्थामा रहेका) विमानस्थलमा हवाई सेवा पुनः सञ्चालन हुँदैछ ।

सरकारले सोमबार (असोज ५ गते)बाट नियमित आन्तरिक उडान सेवा शुरु हुने भन्दै सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गरिसकेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वायु सेवा कम्पनीहरुलाई लेखेको पत्रमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गराएर सेवा सञ्चालन गर्न पनि भनेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै गत चैतमा देशव्यापी लकडाउन जारी भएसँगै आन्तरिक हवाई सेवा समेत ठप्प थियो । लकडाउन हुनु अगाडिसम्म करिब २५ देखि ३० वटा विमानस्थलमा दैनिक रुपमा उडान हुँदै आएका थिए ।

तर, असोज ५ गतेदेखि आन्तरिक हवाई सेवा शुरु भएपछि भने सञ्चालनमा रहेकामध्ये आधा विमानस्थलमा उडान हुनसक्ने पर्यटन मन्त्रालयका अधिकारी बताउँछन् ।

पोखरा, विराटनगर, भैरहवा, भद्रपुर (झापा), नेपालगञ्ज, धनगढी, जनकपुर र भरतपुर (चितवन)मा दैनिक १ देखि आवश्यकताअनुसार २ र ३ वटा उडान हुनेछन् ।

अन्य विमानस्थलमा भने यात्रुको संख्या हेरेर हवाई कम्पनीहरुले उडान अनुमति पाउने छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार असोज ५ गतेदेखि ९ दिनसम्म २५ प्रतिशत मात्रै उडान हुनेछन् ।

जस्तै, पोखरा विमानस्थलमा लकडाउन अगाडि हुने गरेको दैनिक उडान संख्याको २५ प्रतिशत मात्रै उडान हुनेछन् । अन्य विमानस्थलमा पनि यही आधारमा उडान हुनेछन् ।

तर, ९ दिनपछि यात्रुको उपलब्धतता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुनेछन् ।

आन्तरिक उडानका क्रममा वायुसेवा कम्पनीले सीट क्षमताको कति प्रतिशत यात्रु बोक्न पाइने भन्ने केही खुलाएको छैन । जसकारण वायुसेवा कम्पनीहरु शतप्रतिशत नै यात्रु बोक्ने तयारीमा छन् ।

तर, त्यसअगाडि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरिने छ । सेवा प्रवाहका लागि जुनसुकै विमानस्थलमा पुग्ने यात्रुको पहिले शरीरको तापक्रम जाँच गरिने छ । त्यसपछि विमानस्थलमा रहेको हेल्थ डेस्कमा यात्रुलाई एउटा फर्म भर्न लगाइने छ ।

त्यसमा यात्रुले आफ्नो ट्राभल हिस्ट्री, कोरोनासँग मिल्दाजुल्दा कुनै लक्षण देखिएको नदेखिएको, कुनै रोग लागेको, अस्पताल गएको जस्ता विवरण लेख्नुपर्ने हुन्छ ।

भाडा भने नबढ्ने

यसअघि सरकारले हवाई यात्राका दौरान भौतिक दुरी कायम हुने गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने र साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिन पाइने गरी सेवा सञ्चालन गर्न हवाई कम्पनीहरुलाई प्रस्ताव राखेको थियो ।

तर, अहिलेको अवस्थामा हवाई यात्रुहरुले साविकको भन्दा ५० प्रतिशत महङ्गो भाडा तिर्न नसक्ने भन्दै व्यवसायीहरुले सरकारको प्रस्ताव स्वीकार गरेनन् ।

व्यवसायीहरुले साविककै भाडादरमा पूर्ण क्षमतामा मात्रै यात्रु बोक्ने अडान राखेपछि सरकारले व्यवसायीकै प्रस्तावमा समर्थन जनाएको छ ।

जसकारण तत्कालका लागि हवाई भाडा बढ्ने छैन । अब यात्रुहरुले लकडाउन अगाडिकै भाडादरमा आन्तरिक हवाई यात्रा गर्न पाउनेछन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति