सुर्खेत । कर्णाली प्रदेश सरकारका भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी सहकारीबाट नै कर्णाली समृद्धीको सपना बुन्दै छिन् ।
सरकारको प्रवक्ता समेत रहेकी मन्त्री केसी समृद्धीको सपना साकार गर्न सहकारीले आर्थिक समृद्धीको नेत्तृत्व लिनुपर्ने तर्क राख्छिन् ।
उनले पटक–पटक यस्ता तर्कहरु विसाउने गर्छिन् । यतिमात्र हैन् मन्त्री केसी अन्य मन्त्रालयको बजेट फ्रिज हुन्छ,’ त्यो बजेट सहकारीमा लगाउनुपर्ने। अथवा कृषि क्षेत्रमा लगाउनुपर्ने कुरामा जोड दिईरहेकी हुन्छिन् ।
सोमबार भेरीगंगा नगरपालिका–१० झिलमिले छिन्चुमा ‘कोल्ड स्टोर’को उद्घाटन गर्न गएकी मन्त्री केसीले त्यहाँ पनि अर्थतन्त्रको तीनखम्बे नीतिमा सहकारी मुलुक समृद्धीको बलियो आधार भएको बताईन् ।
दुई सय मेट्रीकटन क्षमता भएको ‘कोल्ड स्टोर’ को उद्घाटनका क्रममा उनले भनिन् ,‘ कर्णालीमा गरिबीमा बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारीको महत्वपूर्ण भूमिका हुन्छ । प्रदेश सरकारले ७ करोड निजी क्षेत्रलाई दिँदा काम गर्न नसकेर फिर्ता भएको रकम सहकारीमा दिनुपर्छ ।’
उनले निजी क्षेत्रलाई दिँदा काम गर्न नसकेको तर, आफुहरुले काम गरेर देखाईदिएको पनि बताईन् ।सहकारीहरुको दिगो विकास गर्ने कुरामा प्रदेश सरकार तयार रहेको पनि उनको भनाई थियो ।
उनले, विकास निर्माणका काममा कसैले राजनीति गर्न नहुने कुरामा पनि जोड दिईन् ।