• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » कर्णाली काेरिडोर हुँदै हुम्लीको आँगनमा पुगेको खुसी
कर्णाली

कर्णाली काेरिडोर हुँदै हुम्लीको आँगनमा पुगेको खुसी

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१ पुष २०७७, बुधबार १३:४०
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत । हुम्लाकाे ताँजाकोट गाउँपालिका–३ की मनसरा रोकायाको सारा जीवन भारी बोकेरै बित्यो । कुनै बेला दिपायलबाट भारी बोक्थिन्  । समय क्रममा भारी बोक्ने ठाउँ फेरिए । तर, उनको थाप्लोबाट नाम्लो उत्रिएको छैन । उनै मनसरा कर्णाली काेरिडाेरहुँदै धुलाचौर पुगेका साना गाडीहरू हेर्न आइपुगिन् । भन्छिन्, ‘न सडक थियो, न साधन । भारी बोकेरै यो जुनी जाने भो भन्ठानेका थियौँ । तर, आज गाउँघरमै गाडी हेर्न पाइयो ।’ 

उनीसँगै गाउँका धेरै जना गाडी हेर्न कर्णाली काेरिडाेरको धुलाचौरमा आएका छन् । नेपाली सेनाले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना कर्णाली काेरिडाेरको निर्माण कार्यले कर्णालीका स्थानीयलाई विकासमा जोडिने आशाले अनुहारमा खुसी ल्याएको छ । आर्थिक वर्ष २०६५/०६६ देखि ठेक्का प्रक्रियाबाट निर्माण आसलाग्दो तरिकाले नभएपछि ५ चैत २०७१ देखि नेपाली सेनालाई जिम्मा दिएसँगै काेरिडाेर निर्माण कार्यले कालीकोट, बाजुराको भू-भाग छिचोल्दै हुम्ला पुगेको छ ।

यो सडक भारतको रूपैडिया नाकाबाट सुरु भएर कालीकोटको खुलालु, लैफु हुँदै बाजुराको जगन्नाथर हिमाली गाउँपालिका, हुम्लाको मैला गाविसबाट सुरु भएर सिमिकोट जोडेर छिमेकी राष्ट्र चीनको तिब्बतसँग सिमाना जोडिएकाले यो सडक कर्णालीको विकासका लागि मेरुदण्ड हुने हुम्ला ताँजाकोट गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए ।

कर्णाली काेरिडाेर सडक निर्माण कार्यदलका प्राविधिक सेनानी मिलन कार्कीले भने, ‘यस सडकको लम्बाइ १ सय ९६ किलोमिटरमा ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र १ सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ । तर, सेनाले हुम्ला खण्डमा ६१ किलो मिटर मात्र जिम्मा पाएको छ जो पडिसल्लासम्म मात्र हुन्छ ।’

काेरिडाेरका खुसी

हुम्लाको सिमाना कवाडीमा २० वर्षदेखि व्यापार गरिरहेका हिमाली गाउँपालिका–५, रुगिनका रन्दीप बुढथापाले भने, ‘कर्णालीलाई चीनसँग जोड्न कर्णाली काेरिडाेरको निर्माणकार्य पूरा गरी सरकारले नाका खोल्न सके लामो दूरी भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरू सहजै चीनबाट आयात गर्न सकिन्छ । यहाँका जनताले कम मूल्यमा सामान पाउनेछन् ।’सु

‘सधैँजसो रोग, भोक र अशिक्षाका साथै विकासमा पछाडि पारिएकाले कर्णालीको जनजीवन पुरानै अवस्थामा रहेकाले यसलाई आधुनिकीकरण गर्नका लागि यातायात सेवाले महत्त्वपूर्ण भूमिका खेल्नेछ’, कालीकोट जिल्ला धौलागोह –९ का छईभान भण्डारीले बताए । 

मुगुको ह्याङ्गलु गाउँको महादेव माविमा नाै वर्षदेखि अध्यापन गराउँदै आएका पदमप्रसाद पोख्रेलले भने, ‘यो सडक निर्माणसँगै अन्य विकासका पूर्वाधारहरूले पनि गति लिने भएकाले यसको समयमै निर्माण कार्य पूरा भए अति पिछडिएको यस क्षेत्रको आर्थिक, सामाजिक विकासमा टेवा पुग्नेछ ।’

कर्णाली काेरिडाेर नेपालका उत्तर दक्षिण समृद्ध मार्ग भएकाले यसले कर्णालीको मात्र नभई मुलुककै आर्थिक विकासका लागि योगदान दिने आशा गरिएको छ ।

हुम्लाकाे ताँजाकोट–५, मदानाका बमबहादुर रावलले भने, ‘हामीकहाँ एक क्विन्टल चामलको १० हजार पर्छ, एक पोका नुन किने ८० देखि १ सय रुपैयाँ, यो सडक आयो भने केही सस्तो हुनेछ । यातायात सेवा जतिसक्दाे चाँडाे जोडिनु अनिवार्य छ ।’

उनले थपे, ‘कर्णालीमा उत्पादित, स्याउ, सिमी, ओखर, जडीबुटीलगायतका बहुुमूल्य वस्तुहरूको बजारीकरण गर्न नसकिएको बेला अब गाडी सञ्चालनमा ल्याउन सके हाम्राे उत्पादन बजारसम्म पुग्न पाउनुका साथै उचित मूल्य पनि पाउनेछ ।’

अकालमा ज्यान गुमाउनु नपर्ने

मुगुकाे रिगाकी २३ वर्षीया पार्वती उपाध्यायले उपचारका लागि समयमा अस्पताल जान नसकेर गतवर्ष अकालमै ज्यान गुमाउँनु पर्‍यो । बाबुले द्वन्द्वकालीन तत्कालीन माओवादीले दु:ख दिँदा भाग्दाभाग्दै कर्णाली नदीमा हाम फालेर मृत्यु भएकाले उनलाई बोकेर ल्याइदिने कोही थिएन ।

त्यस्तै, बाजुराको स्वामीकार्तिक–४, वाइका राजबहादुर धामीलाई पनि गाउँमा उपचार हुन नसक्दा मृत्यु भएको थियो । कारण उनकी आमा फरक क्षमताकी भएका कारण उनलाई उपचार गर्न अन्य ठाउँ लैजान कठिन भयो ।

मुगुकाे धैनकोट गाउँकी–४३ वर्षीया सीता देवी जैशीको ११ सन्तानका रूपमा छोरी जन्मेकी थिइन् ।उनलाई स्वास्थ्य संस्थामा प्रसूति नगराएकाले एक महिनादेखि नियमित रक्तश्राप रोककिएकाे थियाे । उनलाई उपचारका लागि गाउँबाट हुम्ला हुँदै बाेकेर बाजुराको कोल्टी विमानस्थलबाट नेपालगञ्ज लगियाे । उनलाई कोल्टी विमानस्थलसम्म लैजान एक जनालाई दिनको १५ सय रूपैयाँ तिरेर कर्णालीको तिरैतिर तीन जना भरिया लगाइयाे ।

भोकमरी कर्णालीको नाता

हुम्लाकाे ताँजाकोट गाउँपालिका– ३ की मनसार रोकाया बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडी नदीको उकालोमा चामलको बोरा बोकेर अन्य सङ्गीहरूसँगै भेटियो । उनीहरू गाउँबाट तिन दिन लगाएर बाजुराको दानसाँगु बजारबाट खाद्यान्न लिएर फर्केकी रहिछन् । मनसराले भनिन्, ‘खेती लगाएर केही हुँदैन, पेट पाल्नैका लागि पनि बुढालाई भारत पठाएकी छु । बुढाले कमाएकाे पैसाले यहाँ बालबच्चालाई पालपाेषण र शिक्षादीक्षा धानेकी छु ।’

त्यही गाउँका खड्के सार्कीको १३ जनाको जहान पाल्न अझै कठिन छ । उनी पनि चार कट्टा चामल किनेर उकालोमा फर्किंदै थिए । उनले भने, ‘एक महिनालाई खान पनि पुग्दैन, रामबहादुर शाहीसँग ऋण काढेर चामल ल्याएकाे छु । गाउँमा केही योजनामा काम गरेर ब्याजसहित तिर्नुपर्छ ।’ उनीहरूलाई पैसा पायो भने पेटभरि खान पाउने दिन कहिले आउने भन्ने पर्खाइ नै पहिलो हुन्छ । 

प्रदेश ७ को बाजुरा र कर्णालीका हुम्ला, मुगु र कालीकोटमा ४० वर्षपछि दोहाेरिएकाे ठूलो खडेरीले नछोडेको पाँच वर्ष बित्यो । पहिलो र दोस्रो वर्ष सरसापट गरेर सार्कीले धाने । नियमित खेतबाट अन्न आउन छोडेपछि केही योजना गाउँमा आउला र काम गरेर त्यसको रकमले चामल किनेर खाउँला भन्ने योजना बनाउनुबाहेक अर्को विकल्प नै छैन ।

बाजुरामा खडेरीले स्वामीकार्तिक गाउँपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका नराम्ररी प्रभावित भएका छन् । त्यस क्षेत्रका जुकोट, साप्पाटा, वाई, गोत्री, जगन्नाथ, बाँधु, रुगिनलगायतका गाउँ बढी प्रभावित भएका छन् । कर्णालीका कालीकोट, मुगु र हुम्लामा यो समस्याले सताएको छ । 

वाई गाउँ विकास समितिमा यस वर्ष रोपाइँसमेत भएन । खडेरीले पानीका मुहान नै सुकेपछि यहाँका स्थानीयले खेतमा राखेको बिउ सुक्यो । वाई ६ का ७६ वर्षीय रणबहादुर कठाएतले भने, ‘२०२२ सालमा ठूलाे खडेरी पर्‍यो । त्यो साल बाली नै लगाउन पाएका थिएनाैँ । यस वर्ष पनि त्यस्तै खडेरी परेकाले बाली नै लगाउन पाएका छैनाैँ ।’ 

घरमा भएको अनाज सकिएपछि हातमुख जोड्ने जोहो गर्न दानसाँघुको हाटबजारमा आएका स्वामीकार्तिक- २, सप्पाटाका बिभरभान सार्कीले भने, ‘घरमा नौ जनाको परिवार छ । घरमा एक दाना अनाज छैन । दुई/चार किलो चामलका दाना दिएर छोराछोरीलाई खुवाउने विचार गरेको छु । खडेरीले तीन सिजनको बाली खायाे, बिउ पनि रहेन ।’

स्वामीकार्तिक- ३, जुकोटका कृर्षानी चँदाराको आफ्नो खेतबारी छैन । साहुको हली लागेर आएको अन्नले आठ जनाको परिवार पाल्ने गरेका छन् । उनी भन्छन्, ‘मैले अहिलेसम्मकै नदेखेको खडेरी भयो । यो गाउँमा जति खडेरी भए पनि सिस्नो खाएर त बच्न पाइन्थ्यो । अरु वर्षहरूभन्दा यस वर्षको खडेरीले सबै मुहान सुकेकाले थप समस्या भएको हो ।’

बिच्छ्याँ २ का बृखबहादुर भण्डारीले भने‘ हामीले यस भन्दा अगाडी हुँम्ला को मैला र मुगुको सुकाडीक सम्म बेसाहा(पैचो) मागेर जोहो टार्ने गरेका थियौं यो बर्ष उनिहरूलाई समेत समस्या भएको छ ।’ अहिले यहाँका गाउँमा बस्नेहरूलाई रोजगारीको अभावका कारण पैसा नभएका कारण समस्या भएको छ । 

आकाशे पानीको भर

यस क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने भएकाले नियमित वर्षा नभएर अन्न उत्पादन नभएपछि खाद्यान्न अभाव भयाे । खाद्यान्न अभाव भएपछि कर्णालीका करिब ४ सयभन्दा बढी स्थानीय बासिन्दा रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा राेजगारीका लागि गएका छन् ।

नियमितको खडेरीले खाद्य संकटग्रस्त गाविसमध्ये मुगुको भीइ गाविसका २० प्रतिशतको संख्यामा रहेका दलित समुदायका २ सय ६५ घरधुरीमध्ये ८७ प्रतिशत घरधुरीबाट करिब ४ सय जना पेट पाल्नकै लागि बाध्यताले भारत पलायन भएका छन् । भारत पलायन भएको यो संख्या उक्त गाविसको कुल जनसंख्याको २५ प्रतिशत हो ।

भारत पलायन हुनेमा दलित बस्तीबाट करिब ९३ प्रतिशत र गैरदलित बस्तीबाट करिब ८६ प्रतिशत जनसंख्या छ । अन्य गाविसबाट पनि भिइ गाविसजस्तै ठूलो संख्यामा स्थानीय बासिन्दा खाद्य संकट टार्न रोजगारीको खोजीमा भारत पसेका छन् । खाद्य संकटले गाँजेपछि विद्यालय जाने र काम गर्न सक्ने उमेर समूहका बालबालिकासमेत विद्यालय छाेडेर भारत पलायन भएका छन् । कतिपय घरधुरीका सपरिवार नै विस्थापित भएका छन् ।

खडेरीका कारण तीन जिल्लाका ४१ भन्दा बढी गाविस अहिले खाद्य असुरक्षामा परेको कर्णाली खाद्य सरोकार मञ्चका अगुवा काँकी विकले बताए । उनका अुसार गत १२ साउनदेखि  पानी नपर्दा ठूलो खडेरी परेको छ ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिएको विषयमा सत्तारूढ दलकै सांसदको विरोध, बर्खास्त गर्न माग

१८ माघ २०७९, बुधबार ०९:४३

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१८ माघ २०७९, बुधबार ०९:३७

भारतले अनुदान सहायता घटायाे

१८ माघ २०७९, बुधबार ०९:३६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति