सुर्खेत। कालीकोटको रास्कोट नगरपालिका- २ को मोतिराम माध्यमिक विद्यालयका एक जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।
शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएका हुन् । शिक्षकमा कोरोना संक्रमण देखिएका कारणले नगरपालिकाका सबै विद्यालय एक साताका लागि बन्द गरिएको नगर उपप्रमुख मिमसरा बमले जानकारी दिइन् ।
विद्यालयका शिक्षक कोरोना देखिएको, विद्यार्थी तथा समुदायमा संक्रमण नफैलियोस् भनेर विद्यालय बन्द गरिएको उपप्रमुख बमले बताइन् । लामो समयदेखि बन्द रहेका विद्यालय मंसिरको अन्तिम हप्ताबाट सञ्चालनमा आएका थिए ।
रास्कोट नगरपालिकामा यसअघि ३५ जनामा कोरोना संक्रमण देखिएको थियो । शुक्रबार थप दुई जनामा कोरोना संक्रमण भेटिएको नगर स्वास्थ्य विभागले जनाएको छ ।