• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » ओलीको रणनीतिः प्रचण्डलाई फकाइएरै भएपनि प्रतिवेदन फिर्ता लिन लगाउने
ताजा समाचार

ओलीको रणनीतिः प्रचण्डलाई फकाइएरै भएपनि प्रतिवेदन फिर्ता लिन लगाउने

आयो रैबार संवाददाताBy आयो रैबार संवाददाता४ पुष २०७७, शनिबार ०८:३५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादमा जहिल्यै आफ्नो अडानलाई प्राथमिकता दिने प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली अब भने केही ‘लचकता’का साथ प्रस्तुत हुने अवस्थामा पुगेका छन् ।

पछिल्लो समय बद्लिएको ‘माहोल’ र आफू निकट नेताहरुको सल्लाहका कारण पनि ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग लचक भएर प्रस्तुत हुने अवस्थामा पुगेका हुन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले १९ पन्ने ‘राजनीतिक प्रतिवेदन’ पेश गरेपछि ओली क्रुद्ध थिए । प्रचण्डको ‘प्रतिवेदन’को जवाफमा ओलीले पनि आफ्नो प्रतिवेदन सचिवालयमा पेश गरे ।

आफूविरुद्ध ‘संगीन’ आरोप लगाएका प्रचण्डलाई ‘बाइपास’ गर्न ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई ‘फकाउने’ प्रयत्न पनि गरे ।

तर, नेपाल र गौतमले अब कुनै ‘प्रलोभन र चालबाजी’मा नफस्ने बताएपछि ओलीले प्रचण्डसँगै सहकार्यको प्रस्ताव गरेका थिए ।

ओलीबाट आफूलाई ‘हदैसम्मको अपमान’ भएको उल्लेख गर्दै प्रचण्डले अब अन्य नेता (झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ)सँग मिलेर अन्तर्पार्टी संघर्षलाई निष्कर्षमा पुर्‍याउने बताउँदै आएका छन् ।

ओली भने जसरी भएपनि प्रचण्डलाई मनाउने प्रयासमा छन् । पछिल्लो समय संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याए पछि थप चर्किएको नेकपाको आन्तरिक विवाद ओलीले स्थायी कमिटी बैठकमै फिर्ता लिने ‘बाचा’ गरेपछि केही मत्थर भएको थियो ।

तर, स्थायी कमिटीको बैठकमा गरिएको ‘बाचा’अनुसार ओलीले अध्यादेश फिर्ता लिएका छैनन् । बरु, अध्यादेश फिर्ता अगाडि आफूविरुद्ध ‘संगीन आरोप’ लगाउँदै प्रचण्डले पेश गरेको ‘राजनीतिक प्रतिवेदन’ फिर्ता गराउने दाउमा ओली छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत पुनः एकपटक विवादमा तान्ने गरी मंगलबार हतार हतार अध्यादेश ल्याएका प्रधानमन्त्री ओलीले दोस्रो दिन (बुधबार) बसेको पार्टी स्थायी कमिटी बैठकमा फिर्ता लिने ‘बाचा’ गरेका थिए । तर, उनी निकट नेताहरुले भने ‘प्रचण्ड राजनीतिक प्रतिवेदन फिर्ता लिन तयार भएपछि ओली अध्यादेश फिर्ता लिन राजी भएका हुन्’ भनेर प्रचार गरे ।

प्रधानमन्त्रीकै सचिवालयका केही सदस्यले बुधबार स्थायी कमिटी बैठक अगाडि ओली र प्रचण्डबीचको छलफलमा चार बुँदै सहमति भएको भन्दै सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।

तर, पछि स्थायी कमिटी बैठक सकिएपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा २ वटा निर्णय (ओलीले अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको हस्ताक्षर फिर्ता लिने) भएको जानकारी दिए ।

स्थायी कमिटी बैठकको दोस्रो दिन (बिहीबार) मन्त्रिपरिषद बैठक समेत बस्यो । तर, त्यो बैठकमा अध्यादेश फिर्ताबारे ओलीले केही पनि बोलेनन् ।

ओलीले अध्यादेश फिर्ता लिने छाँटकाँट नेदेखाएपछि शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगे । बालुवाटारमा ओली र प्रचण्डबीच एक्ला एक्लै छलफल पनि भयो । तर, ओलीले भने अध्यादेश फिर्ता लिन अझै केही दिन लाग्ने बताए ।

बरु, स्थायी कमिटीमा पेश भएका दुवै अध्यक्षका बेग्ला–बेग्लै प्रतिवेदन फिर्ता लिएर साझा प्रस्ताव तयार पारेर जानुपर्ने प्रस्ताव ओलीले अगाडि सारे ।

शुक्रबारको छलफलले मात्रै नपुगेर ओली शनिबार बिहानै प्रचण्डलाई भेट्न उनको निजी निवास खुमलटार पनि पुगे । खुमलटारमा पनि उनले आफूविरुद्ध गम्भीर आरोप लगाइएको ‘प्रतिवेदन’ फिर्ता लिनुपर्ने आफ्नो ‘बटमलाइन’ सुनाए । तर, प्रचण्डले कमिटीमा छलफलको विषय बनिसकेकाले अब त्यसलाई त्यत्तिकै फिर्ता लिन नहुने अडान दोहोर्‍याए ।

नेकपाका एक जना स्थायी कमिटी सदस्य ओली जसरी पनि प्रचण्डको राजनीतिक प्रतिवेदन फिर्ता गराउने लक्ष्यमा छन् । त्यसका लागि उनले सकेसम्म प्रचण्डलाई फकाएर आफ्नो प्रस्ताव मनाउने रणनीति लिएका ती स्थायी कमिटी सदस्य बताउँछन् ।

‘प्रचण्ड धम्की, डर र प्रलोभन भन्दा पनि उहाँको प्रशंसा गरिदियो भने छिट्टै पग्लिने नेता हो । ओलीले यसअघि सबै उपाय अपनाउनु भएकै हो । अब सायद प्रचण्डलाई फकाएर आफ्नो काम बनाउने उहाँको सोच होला,’ माधव नेपाल पक्षधर ती स्थायी कमिटी सदस्य भन्छन् ।

Author

  • Avatar photo
    आयो रैबार संवाददाता

    View all posts

नेकपा विवाद
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली प्रदेश पछि परेको होइन, पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्छ: मुख्यमन्त्री

१४ मंसिर २०८०, बिहीबार ०२:४३

‘कर्णाली उज्यालो पार्ने अभियानमा जुट्याे प्राधिकरण’ 

१४ मंसिर २०८०, बिहीबार ०२:२६

लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव

१४ मंसिर २०८०, बिहीबार ०२:२०

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति