Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कर्णाली

स्वास्थ्यचौकी बन्यो गाउँपालिका अस्पताल

By आयो रैबार संवाददाता४ पुष २०७७, शनिबार ०९:१६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

रुकुम पश्चिम । गत वर्षको फागुन पहिलो सातासम्म सानीभेरी गाउँपालिकाको केन्द्र सिम्लीमा स्वास्थ्यचौकी सञ्चालनमा थियो । भाडाको घरमा सञ्चालित स्वास्थ्यचौकीलाई गाउँपालिकाले अहिले अस्पतालको रुपमा स्तरोन्नति गरी डाक्टरबाट उपचार सेवा प्रवाह गरिरहेको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सञ्चालन गरेको अस्पताल भवन बाहिर बसेर बिरामी चेक गर्दै स्वास्थ्यकर्मी । तस्बिर : हरि गौतम/कान्तिपुर 

एचएको नेतृत्वमा प्रसूति गृह सञ्चालनमा समेत समस्या भएपछि ७ नम्बर वडाको छोटेबगरमा स्वास्थ्यचौकी सारेर सिम्लीमा अस्पताल बनाइएको हो । फागुन २ गतेदेखि स्थानीयले सिम्लीबाट डाक्टरमार्फत उपचार पाइरहेका छन् । प्रसूति गृह पनि सञ्चालनमा ल्याइएको छ भने अस्पताल एकान्तमा भएकाले सबैको रोजाइमा परेको छ । अस्पताल सञ्चालनमा आएको १० महिनामा झण्डै ६ हजार जनाले उपचार सुविधा लिएका छन् । १ सय ५४ जनालाई प्रसूति सेवा दिइएको अस्पतालले जनाएको छ ।

अहिलेसम्म ५ हजार ७ सय ५७ जना बिरामीले उपचार पाएको अस्पताल व्यवस्थापक कर्णबहादुर बुढाथोकीले बताए । ‘ओपीडी, आकस्मिक, आइपीडी, ल्याब, एक्सरे, प्रसूतिलगायत सेवा चौबीसै घण्टा प्रवाह गरेका छौं,’ उनले भने, ‘फार्मेसी स्थापनाको तयारी गरिएको छ ।’ उनका अनुसार ११ वटै वडाका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता टरेको छ । अस्पतालमा एक मेडिकल अधिकृतसहित १७ जना स्वास्थ्यकर्मीले काम गरिरहेको उनले जानकारी दिए ।

अस्पताल सञ्चालनमा आएपछि गाउँमै भरपर्दो उपचार पाइरहेको सानीभेरी गाउँपालिका–३ का डिलबहादुर विकले बताए । ‘ससाना अप्रेशनका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘अस्पतालमा सुरुदेखि नै डाक्टरले उपचार गर्दा मनोवैज्ञानिक रुपमा पनि बलियो भएका छौं ।’ अस्पताल व्यवस्थापक बुढाथोकीले केही अपुग भए पनि अस्पतालको सेवा प्रवाहले स्थानीयलाई सहज बनाएको बताए । उनका अनुसार अस्पतालले भवन, बिजुलीलगायतको अभाव खेपिरहेको छ ।

अस्पतालमा महिला तथा स्त्रीरोग, श्वासप्रश्वास, घाउ र चोटपटकका बिरामी धेरै आउने गरेको डा.कविन बस्नेतले बताए । स्वास्थ्य चौकीको भवन संघीय सरकारको बजेटमा बनाइएको हो । भवन निर्माण भएपछि गाउँपालिकाले उपकरण र जनशक्ति व्यवस्थापन गरी अस्पताल बनाएको थियो ।

कार्यपालिकाबाट निर्णय गराइ अस्पताल सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । ‘विद्युत्‌को केन्द्रीय प्रसारण लाइन जडान, फार्मेसी सञ्चालन र अस्पतालका लागि अर्को भवन निर्माणको प्रक्रियामा छौं,’ उनले भने, ‘बहुवर्षीय ठेक्काअनुसार अत्याधुनिक भवन बनाउन लागिएको हो ।’ उनका अनुसार अस्पतालको नयाँ भवन निर्माणका लागि १८ करोड रुपैयाँ संघीय सरकारले विनियोजन गरेको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

राष्ट्रियसभा बैठक बस्दै

१ जेष्ठ २०८२, बुधबार ०१:३६

कर्णाली प्रदेश सरकारकाे ‘बैङ्क खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

१ जेष्ठ २०८२, बुधबार ०१:२१

स्मार्ट कार्डको विकल्पमा रसिदमै फोटो र क्युआर

१ जेष्ठ २०८२, बुधबार ०१:१२
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति