काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्रीहरुले राजीनामा दिएका हुन।
राजीनामा दिनेमा प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु छन्।
सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरिएको छ।

“राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुनेगरी चालिउको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,” उनीहरुले भनेका छन्।

सरकारमा पूर्व माओवादीका तर्फबाट उर्जामन्त्री रहेका बर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री बिना मगर र पूर्व एमालेका तर्फबाट कृषिमन्त्री बनेका घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराईले पनि राजीनामा दिएका छन्।
