काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका छन् । र संसद विघटन गर्ने कदमलाई ‘गैरसंवैधानिक’ भनेका छन्।
यसअघि उनले आफूले ‘ओलीको विरोध पनि नगर्ने र समर्थन पनि नगर्ने’ प्रतिक्रिया दिँदै घुमाउरो अर्थमा ओलीको समर्थन गरेका समाचारहरु सार्वजनिक भएका थिए । प्रधानमन्त्री केपी ओलीको साथ दिएका कारण गौतमलाई गृहमन्त्री बनाउने तयारी रहेको चर्चा चलिरहेको थियो ।
समाचारहरु सार्वजनिक भएपछि विज्ञप्ति निकालेर उनले प्रष्ट शब्दमा विरोध जनाएका छन् । नेता गौतमले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्नु गलत र भत्र्सनायोग्य भएको उल्लेख गरेका छने।
आइतबार जारी गरिएको प्रेस नोटमा भनिएको , ‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने छ ।’

हाल सरकारमा रहेका पूर्व माओवादी मन्त्रीहरुले राजीनामा दिएपछि उनलाई उपप्रधानमन्त्री सहित सरकारमा भित्र्याउने ओलीले तयारी गरेको बुझिएको थियो।