• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » शक्ति सन्तुलनमा कसकाे पल्ला भारी
कर्णाली

शक्ति सन्तुलनमा कसकाे पल्ला भारी

आयो रैबार डेस्कBy आयो रैबार डेस्क५ पुष २०७७, आईतवार १३:०९
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत ।कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि चर्किएको नेकपा विवादमा संसद विघटनको अवस्थामा आईपुगेको छ । संसद विघटन भएपछि अहिले कर्णालीमा प्रचण्ड नेपाल पक्षका नेताहरुले प्रचण्डले चालेको कदम अवैधानिक भनेर सडकमा नै ओर्लिएका छन् ।
कर्णालीमा अहिले अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माधव नेपाल र रामबहादुर थापा बादलको पनि गुट सक्रिय रहेका छन् ।
पार्टीमा सबैभन्दा बलियो गुट प्रचण्ड(नेपाल पक्षधर देखिएको छ । कर्णालीका १० जिल्लामध्ये प्रचण्डको समूहका ४ जिल्ला अध्यक्ष छन् भने नेपाल समूहका २ जिल्ला अध्यक्ष गरेर ६ जना खुलेर लागेका छन् । कर्णालीका १० जिल्लामध्ये जुम्लाका वीरबहादुर कुँवर, रुकुमपश्चिमका गोपाल शर्मा, हुम्लाका लालकेश जैशी र मुगुका सुरवीर बुढा प्रचण्ड समूहमा हुन् भने नेपाल समूहको नेपाल समूहमा सुर्खेतका ध्रुब शाही र डोल्पाका दत्तबहादुर रोकाया रहेका छन् ।
पार्टी अध्यक्ष ओली समूहमा दैलेखका रवीन्द्र शर्मा र सल्यानका गोविन्द पुन छन् ।
गृहमन्त्री रहेका रामबहादुर थापा समूहका जाजरकोटका ढकवीर राना र कालिकोटका धनजित शाही रहेका छन् । थापाले केन्द्रमा ओलीलाई साथ दिएका बेला कालिकोटका थापा समूहका जिल्ला अध्यक्ष रहेका धनजित शाहीले प्रधानमन्त्री ओलीले चालेको कदम असंबैधानिक रहेको बताए । ‘प्रधानमन्त्रीले चालेको कदम असंबैधानिक रहेको छ ।’ उनले भने,‘यसले नेकपाको जनमतको अपमान गरेको छ ।’
त्यस्तै, कर्णालीका जिल्ला सचिव गुटमा विभाजित छन् । प्रचण्ड समूहमा सुर्खेतका कृष्णबहादुर जिसी, सल्यानका कर्णबहादुर बुढाथोकी, डोल्पाका मालबहादुर रोकाय र दैलेखका प्रेम कटुवाल रहेका छन्, भने नेपाल समूहका सचिवहरूमा जाजरकोटका करवीर शाही, जुम्लाका तीर्थबहादुर बुढा, धर्मबहादुर शाही र रुकुमपश्चिमका विमल पुन छन् ।
ओली समूहमा कालिकोटका नागिन्द्र शाही, हुम्लाका दल रावल छन् ।
जिल्ला सचिवमा प्रचण्ड–नेपाल सूमहमा ८ जना खुलेर लागेका छन् भने ओली समूहमा २ जना मात्र खुलेर लागेका छन् ।
संसदीय दलमा जोड–घटाउ
कर्णाली प्रदेश संसद सचिवालयमा ४० जनामध्ये नेकपाका ३३ जना सांसद रहेका
छन् ।
कर्णालीमा प्रचण्ड समूहका १० जना, नेपाल सूमहका ८ जना, ओली समूहका १२ जना र थापा समूहका ३ जना सांसद रहेका छन् । थापा समूहमा रहेका सांसदहरुले पनि प्रधानमन्त्रीको कदमलाई असंबैधानिक भनेका छन् ।
केन्द्रमा प्रचण्ड–नेपाल समूह बनेमा कर्णालीमा यो समूहका १८ जना सांसद हुनेछन् । केन्द्रमा जस्तै कर्णालीमा ओली–थापा समूह बनेमा यो समूहका १५ जना सांसद
हुनेछन् । तर, थापा समूहको सांसदहरुले कर्णाली प्रदेशमा ओली समूहलाई साथ दिने अवस्था छैन् । थापा समूहका ३ जना रहेका छन् । उनीहरुले थापालाई साथ नदिने संकेत गरेका छन् । थापा समूहमा रहेका एक सांसदका अनुसार वहाँ सती जानुभयो भन्दैमा आफु पनि सति जान तयार नभएको बताइन् । ‘थापा समूहको हामीलाई भन्छन् । तर, हामी थापा समूहका छौ भन्ने के प्रमाण रहेको
छ । उहाँ सति जानु भयो भने हामी पनि सति जादैनौं ।’ उनले भनिन्,‘पार्टीमा आन्तरिक विवादको बेला सधै थापा मौन रहने बानी रहेको छ । अहिले उहाँले चाहि आफ्नो छुट्टै समूह बनाउने चाहना रहेको छ । सायद उहाँले दुबै अध्यक्ष ठिक हैनन् भन्नु धारणा रहेको छ ।’
प्रदेश सरकार बनाउन दुबै समूहमा बहुमत नपुग्ने भएका कारणले प्रदेश सभामा ६ जना सांसद भएको नेपाली कांग्रेसलाई मुख्यमन्त्री बन्न सक्ने आंकलन गर्न थालिएको छ ।
कुन गुटको नेतृत्व कसले गरेका छन्
कर्णालीमा अध्यक्ष ओली गुटको नेतृत्व नेकपा कर्णाली प्रदेश सह–इन्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल कँडेलले गरेका छन् । माधव नेपाल (बाँकी ४ पेजमा) ।,गुटको नेतृत्व केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले गरिरहेका छन् । त्यसैगरी, नेता रामबहादुर थापाको समूहको नेतृत्व नेकपाका कर्णालीका सचिव तथा राष्टिूयसभा सदस्य मायाप्रसाद शर्माले गरेको, प्रचण्ड समूहको गुटको नेतृत्व नेकपा कर्णाली प्रदेश इन्चार्ज रहेका जर्नादन शर्मा र शक्तिबहादुर बस्नेतले गरेका छन् । शर्मा र बस्नेतका कर्णालीमा फरक फरक गुट रहेको नेकपा स्रोतले जानकारी दिएको छ ।
कर्णालीमा प्रधानमन्त्रीद्वारा संसद विघटन असंबैधानिक
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेको बिषयमा कर्णाली प्रदेशमा नेकपा नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेकपा कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले प्रधानमन्त्रीको ओलीको कदमलाई संकेत गर्दै सामाजिक संजालमा फेसबुकमा ‘कु बाटो’ भनेर लेखेका छन् । नेकपा सुर्खेत जिल्लाका इन्चार्ज नरबहादुर बिष्टले प्रतिनिधि सभा बिघटनको सिफारिस गरिनु प्रधाममन्त्री ओलीको नालायिक भएको बताए । ‘प्रधामन्त्रीको कदम संविधान राष्टू र जनताप्रतिको अपमान हो ।’ उनले भने,‘यो कदम तत्काल फिर्ता लिनु नै नेकपाका लागि उचित हो ।’ त्यस्तै, नेकपा कालिकोटका सचिव नगेन्द्र शाही(नेशनल)ले जे गरे पनि नहुने अवस्था आएपछि प्रधानमन्त्री ओलीले बाध्यकारी कदम चालेको प्रतिक्रिया दिए । ‘यसो गरे हुदँैन्, उसो गरेपनि हुदँैन्, सधैं भएन भन्ने लत लागेका अर्थलङकारको रोइलो सधैं झै आजपनि हुन्छ ।’ उनले भने,‘यो नयाँ बिषय होइन ।’
राजनीतिमा कुनै बेला के हुुन्छ भन्ने नसकिने अवस्थामा अहिले नेकपा दुबै समूहले नेपाली कांग्रेसलाई औपचारिक प्रस्ताव नल्याएपनि अनौपचारिक रुपमा कांग्रेससँग मिल्न प्रयास गरिरहेको नेपाली कांग्रेसका एक सांसदले बताए । ‘उहाँहरुका दुवै समूहले अनौचारिक रुपमा केन्द्रको अवस्था हेर्दा कांग्रेससँग मिल्नुपर्ने अवस्था आएको छ भन्नुभएको छ ।’ उनले भने,‘तर, अहिलेसम्म मुख्यमन्त्री कसलाई दिने बिषयमा छलफल भएको छैन् ।’ ती सांसदका अनुसार कर्णालीमा कांग्रेसले मुख्यमन्त्री नपाए सरकारमा सहभागी नहुने बताए ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

नेकपा कर्णाली
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति