सुर्खेत । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना प्याशीले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदमले प्रतिगमनलाई फाइदा पुग्ने बताएकाछन् । नेकपा भित्रको आन्तरिक कलह समाधान गर्न नसकेपछि ओलीले संसद विघटनको बाटो समातेको प्याशीले बताए।
राष्ट्रिय जनमोर्चाद्वारा पश्चिम सुर्खेतकाे गटुमा आयोजना गरेकाे विराेधसभामालाइ सम्बाेधन गर्दै केन्द्रीय सदस्य प्याशीले बर्तमान सरकारले २०६२–६३ को जन आन्दोलनको चिरहरण गरेको बताए । उनले नेकपा र कांग्रेसलाई अग्रगमनका लागि आन्दोलनमा उत्रिन आह्वान समेत गरेकाछन् । प्रधानमन्त्रीले जस्तोसुकै सिफारिस गरेपनि राष्ट्रपतिले आँखा चिम्लिएर सदर गरिदिने प्रवृतिका कारण अहिलेको समस्या आएको उनकाे जिकिर थियाे ।
कार्यक्रममा अखिल (छैठाैंक)का केन्द्रीय सदस्य हरी बुढा, नेकपा(मसाल) सुर्खेतका प्रतिनिधि विष्णु शर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लालबहादुर नेपाली , राष्ट्रिय जनमोर्चा पञ्चपुरीका अध्यक्ष थानेश्वर तिवारी प्रवाहका जगत न्याैपाने तथा जिल्ला सदस्य धर्मराज दानीले प्रतिनिधि सभा विघटनसँगै देशमा राजनीतिक अवस्था अत्यन्तै अस्थिरता तर्फ धकेलिएको बताका छन् । यो अवस्थामा देशमाथि विभिन्न देशी तथा विदेशी शक्तिहरुको चलखेल बढ्दै जाने भन्दै उनीहरूले सम्पूर्ण देशभक्त शक्तिहरु एकजुट भई राष्ट्रियताको पक्षको आन्दोलनमा एकजुट हुन आवश्यक रहेको विषयमा जाेड दिएकाछन् ।