काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चयनका लागि बैठक बसेको हो ।
प्रचण्ड(माधव समूहको हिजोको केन्द्रीय समितिका बैठकले अध्यक्ष केपी ओलीलाई कारबाही गरेपछि संसदीय दलको नेताबाट समेत हटेका थिए । त्यही रिक्त पदमा प्रचण्ड चयनका लागि अहिले बैठक बसिरहेको छ ।