काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छन् ।
नेपाललाई भेट्न राजदूत यान्छी कोटेश्वर पुगेकी हुन् । नेकपाका केन्द्रीय सदस्य एवम् विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल र यान्छीबीच शिष्टाचार भेटवार्ता भएको जानकारी दिएका छन् ।
दुवैबीच नेपाल र चीनका आपसी हितका विषयमा छलफल भएको रिजालले जानकारी दिएका छन् ।
राजदूत यान्छीले शुक्रबार नै नेकपाका नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरा, स्थायी कमिटी सदस्य वर्षमान पुन लगायतसँग पनि भेटवार्ता गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजित भइसकेको छ ।