वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संबिधानको उल्लघन गरेको बताएका छन् । गृह जिल्ला कालिकोटमा पुगेका मुख्यमन्त्री शाहीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संबिधानको उल्लघन गर्नु भएका कारणले राष्ट्रिय जनआन्दोलन गर्ने बताएका हुन् ।
‘संसद विघटन संबिधानमा कल्पना गरिएको छैन् ।’ मुख्यमन्त्री शाहीले भने,‘स्पष्ट बहुमत हुँदाहुँदै संसद विघटन प्रधानमन्त्रीले किन गर्नुभयो ? यसको जफाव जनताले चाहेका छन् ।’
जनतालाई प्रधानमन्त्रीबाट सही जफाव नपाएमा जनताले जनआन्दोलन गर्ने त्यसको नेतृत्व पार्टीले गर्ने मुख्यमन्त्री शाहीले बताए । ‘प्रधानमन्त्रीले पार्टीका साथीहरुले असहयोग गर्नुभयो त्यही भएर संसद विघटन गरेको भनेर भन्नुहुन्छ ।’ उनले भने,‘उहाँ बालुवाटार बाहिर निस्कनु नै भएको छैन् । कहाँ असहयोग भयो उहाँले त्यो भन्नुपर्यो । उहाँ सहयोग नै पार्टीसँग माग्नु भएन कसरी असहयोग भयो ?’
प्रधानमन्त्रीले ओलीले संसद विघटन गरेर ठुलो गल्ती गरेको मुख्यमन्त्री शाहीले बताए । ‘प्रधानमन्त्रीले संबिधानको बर्खिलाप गर्ने ?’ त्यसको बोझ नेपाली जनताले भोग्ने । पार्टीले भोग्नुपर्ने ?’ उनले भने,‘यो अवस्था ल्याउने प्रधानमन्त्री स्वंय आफै हो ।’