• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » भेट्नु कुइएर झरेका दुई वटा फलले रुखै मेरो भन्न मिल्दैनः प्रधानमन्त्री ओली
ताजा समाचार

भेट्नु कुइएर झरेका दुई वटा फलले रुखै मेरो भन्न मिल्दैनः प्रधानमन्त्री ओली

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१८ पुष २०७७, शनिबार १२:४१
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
sDo'lgi6 kf6L{ s]kL jnL ;d'x sf7df8f}+ lhNnf sldl64f/f cfof]lht a[xt sfo{stf{ e]nf nfO{ ;Daf]wg ub}{ k|wfgdGqL tyf kf6L cWoIf s]kL zdf{ cf]nL . t:jL/ M k|bLk/fh jGt,/f;;
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नु कुइएर झरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुई वटा फलले रुखै (पार्टी)मेरो भन्न नमिल्ने बताएका छन् ।काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनलेले खिया लागेका दुईवटा नटबोल्ट फूस्किएर पार्टी फुटेको बताएका छन् ।उनले पार्टी बरमझीयाको बुढो बाजेको पेडा पसल हो असली र नक्कली ? भन्दै प्रचण्ड र माधव नेपाललाई प्रश्न गरेका छन् ।

‘खिया लागेका दुईवटा नटबोल्ट खुस्कियो थियो पार्टी फुट्यो । उहाँहरु पार्टी फुट्यो भनेर कराईरहनुभएको छ । हामी सक्कली हौं भनेर यो बरमझीयाको बुढो पेडा पसल हो असली र नक्कली ? पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर हामी सक्क्ली हौं’, उनले भने, ‘जसको घर हो उसले मेरो घर हो भनेर निवेदन हाल्न जानुपर्छ ? हामीले बनाएको पार्टी हामी निवेदन हाल्ल्न जानुपर्दैन । भेट्नु कुइएर झरेका दुईवटा फलले रुखै मेरो हो भनेर दाबी गर्ने ? आउनूस् एकता गर्न । प्रचण्डलाई अध्यक्षमा राखिरहेका छौं ।’
प्रधानमन्त्री अ‍ोलीले प्रचण्ड र नेपालले तीन महिनामा पूरा हुने एकीकरणको काम तीन वर्षमा पूरा हुन नदिएको बताएका छन् ।‘पार्टीले यस्ता कार्यक्रम गर्न पाएको थियो ? पार्टीमा झमेला मात्रै । पार्टीले देशका निम्ति महत्वपूर्ण काम गर्नुपथ्र्यो । तर, कार्यकर्तालाई अलमलमा राखियो । कार्यकर्तालाई काम गर्न दिइएन । हाम्रा तेज कार्यकर्ताहरु, बलिदानी पूर्ण तरिकाले आएका कार्यकर्ताहरु हलन चल भएर शिथिल भएर बस्नुपर्यो ।उहाँहरुको एजेण्डा संविधान संशोधन, संविधान संशोधन, देशको नक्सा छाप्दा उहाँहरुलाई कत्रो छटपटी छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले कसैले निकाल्दैमा आफू पार्टीबाट ननिकालिने बताएका छन् । उनले घर मूलीलाई घरबाट निकालेको भन्न नमिल्ने बताए ।
कार्यकर्ता झुक्याउन प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला चलाए
प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने तर्क गरेका छन् ।
उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताएका हुन । प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी समेत गरेका छन् ।
उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए । उनले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको आरोप समेत लगाए।‘प्रतिनिधिसभा पुनर्स्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनर्स्थापना हुन्छ भनेर ? पुनर्स्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन भन्नुभएको होला,’ प्रधानमन्त्रीको भनाइ थियो । अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको आरोप समेत लगाए। ‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई काम गर्न नै दिनुभयो ।’ उनले भने।प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउ
प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाललाई आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।उनले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताएका छन् ।
पदको पछाडि दौडिरहेको आरोप लगाउँदै पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरेका छन् ।आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिएका छन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति