• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान
ताजा समाचार

सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१९ पुष २०७७, आईतवार ०५:४४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

दिपायल । सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ । 

कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला र डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ । 

रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै समयमा रगत दान गर्ने भएका कारण अधिकांश स्थानीयवासीको सेना, प्रहरीले अकालमै ज्यान जोगाइदिने गरेका छन् । नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रक्तदान गरेर ११० स्थानीयवासीको ज्यान बचाएका छन् भने सशस्त्र प्रहरीले ८५ को ज्यान जोगाएको बताइएको छ । 

सुदूरपश्चिम पृतना हेडक्वार्टरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले आफ्नो रगत दिएर यहाँका ११० स्थानीयवासीको ज्यान जोगाउन सफल भएको छ । 

सुदूरपश्चिम प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगत नपाउने हुँदा यहाँका सैनिकले रगतको आवश्यकता परेका महिला तथा पुरुषलाई निःशुल्क रक्तदान गरेका कारण उनीहरुको ज्यान जोगिने गरेको छ । 

सेनाले सुदूरपश्चिममा रक्तदान कार्यलाई निकै अग्रता दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । कसैलाई रगत आवश्यक परे यहाँ कार्यरत सैनिकले जुनसुकै अस्पतालमा गएर भए पनि रक्तदान गर्दै आएको सुदूरपश्चिम पृतना मुख्यालयले जनाएको छ ।

पछिल्लो समय सेना तथा सशस्त्रले भनेकै समयमा सहजै रगत दिन थालेपछि स्थानीयवासीले राहत पाउनुका साथै उनीहरुको ज्यान जोगिन थालेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका हर्कबहादुर बोहराले बताउनुभयो । 

डोटीमा पालिकाको पहलमा एक ब्लड बैंक तत्कालै स्थापना गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर उपप्रमुख प्रेमबहादुर शाहले जानकारी दिए । सेना तथा सशस्त्र प्रहरीले  सुत्केरी तथा विभिन्न घटनामा पर घाइते भएकालाई रक्तदान गरेर ज्यान बचाएको सशस्त्र प्रहरीको दिपायलमा तैनाथ रहेको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले बताए । 
 
यहाँका सुरक्षाकर्मीले आफू मातहत रहेका सम्पूर्ण सुरक्षाकर्मीको रगत समूह पहिले नै छुट्याएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार रहने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए ।

उनले भने, ‘रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत समूह पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत समूह छुट्याएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ र सहजै रगत पाइन्छ ।’

जिल्लामा रहेका स्थानीयवासीमा रक्तदान गर्नुपर्छ भन्ने बानीको विकास भइनसकेकाले जिल्लामा रगत सहजै पाउन समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताए ।

जिल्लामा रगत सङ्कलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले खोलेको ब्लड बैंकमा रगत नपाउँदा वर्षौँदेखि बन्द अवस्थामा रहेको छ । यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले रगत सङ्कलन गर्न अभियानको सुरुआत गरे पनि रक्तदान गर्ने व्यक्ति नपाउँदा बन्द अवस्थामा रहेको अस्पतालका चिकित्सक बताउँछन् । 

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

सुदूरपश्चिममा
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली सहित ४ प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीहुने, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने

२१ माघ २०७९, शनिबार ०४:५६

ठुला दलले देशलाई निकास दिन सक्दैनन् : प्रभु साह

२१ माघ २०७९, शनिबार ०४:५३

‘कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने’

२१ माघ २०७९, शनिबार ०४:४१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति