सुर्खेत । खानेपानी मन्त्री मणिचन्द्र थापाले आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाकोे निर्वाचन भित्र नेकपा पार्टी एकता हुने बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्याक्रममा बोल्दै मन्त्री थापाले हाल पार्टी विभाजन भएपनि बैशाख हुने प्रतिनिधिसभाकोे निर्वाचन भित्र एकता हुने दावी गरे ।
मन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नफुटाएको र यदी फुटेको घोषणा गर्नुभयो भने देशमा थप तंरग उत्पन्न हुने बताए । उनले भने ‘त्यसैले हामीले आगामी निवार्चन भित्रम एकवद्धता भएर जान आग्रह समेत गरिहेका छौं । आफु भित्रको कमि कमजोरीलाई सुधारौं भनेका छौं । जहाँसम्म लाग्छ हाम्रो पार्टी फेरी एकवद्ध हुनेछ ।’