कालिकोट । राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीले देश विकासका लागि ठुला ठुला योजना ल्याएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ कालिकोट शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा देश विकासमा ठुला ठुला योजना ल्याएको बताएका हुन् । वर्तमान सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय योजना आयोगले काम गरिरहेको सदस्य शाहीले बताए ।
‘देशको विकास लागि ठुलाठुला योजना ल्याएका छौ ।’ उनले भने,‘योभन्दा पहिला पनि विभिन्न कामको लागि योजना ल्याएका छौं ।’ कर्णालीको विकासका लागि विगत लामो समयदेखि सामाजिक क्षेत्रका काम गरेको सदस्य शाहीले बताए ।