सुर्खेत । कालिकोट जिल्ला रास्कोट नगरपालिका–५ स्युनामा गर्भावस्थामै हर्निया भएको शिशु जन्मिएको छ । सोमबार रास्कोट नगरपालिका– ५ का स्थानीय २० वर्षिया एक महिलाले गर्भावस्थामै बच्चाको पेटमा ठुलो आकारको हर्निया भएको बच्चा जन्माएकी हुन् ।
सुत्केरी आमाको पहिलेदेखि पेट दुख्ने गरेको जानकारी दिएपछि भिडियो एक्सरे गर्न सल्लाह दिएको ती महिलाले वेवास्ता गर्दा बच्चामा हर्निया ठुलो आकारको भएको स्थाथ्य चौकी इन्चार्ज धनबहादुर फडेराले जानकारी दिए । ‘हर्निया ठुलो आकारमा बढेका कारणले शिशु जन्मिएको पाँच मिनेटमै मृत्यु भएको छ ।’ उनले भने,‘ आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’