• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » नेमकिपाबाट माओवादी प्रवेश गरेका रेग्मीलाई लाभको पदै पद
कर्णाली

नेमकिपाबाट माओवादी प्रवेश गरेका रेग्मीलाई लाभको पदै पद

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१० आश्विन २०७७, शनिबार ०८:५४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं । सरकारले चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.पुण्य रेग्मीलाई नियुक्त गरेको छ । रेग्मी कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्ष रहेकै बेला उनलाई संंघीय सरकारले उपकुलपति नियुक्त गरेको हो ।

दैलेखका स्थायी बासिन्दा रेग्मीले दैलेखको नारायण नगरपालिकास्थित त्रिभुवन नमुना माविबाट २०३३ सालमा एसएलसी पास गरेका थिए ।

नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए अध्ययन गरेका रेग्मीले थाइल्याण्डबाट विद्यावारिधि गरेका थिए । उनी दरबार निकट भएकाले पञ्चायती व्यवस्थामा अवसर प्राप्त गर्ने भाग्यमानी हुन् ।

निरन्तर लाभको पदमा

शान्ति प्रक्रियासँगै उनी विभिन्न शक्तिकेन्द्र मार्फत माओवादी हेडक्वाटरसँग जोडिए । शीर्ष नेतासँग चिनजानले उनलाई नियुक्तिका लागि सजिलो बनाइ दियो ।

डा.बाबुराम भट्टराई नेतृत्वको सरकारको समयमा रेग्मी युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्ष बने । स्वरोजगार कोषको कार्यकारी उपाध्यक्ष बनेको समयमा करोडौँको रकम परिचालन गरेका थिए । तर, कोषलाई उनले उत्कृष्ट बनाउन नसकेको आरोप छ ।

कोषबाट उपाध्यक्षको कार्यकाल सकिएको केही समयपछि पूर्वसभामुख कृष्णबहादुर महरा अर्थमन्त्री रहेको समयमा रेग्मीले फेरि अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारको नियुक्ति प्राप्त गरे । कृषि अर्थशास्त्र विषयको अध्यापन गराउने उनी सबै क्षेत्रका विज्ञ बन्दै नियुक्ति लिँदै गरेको देखिन्छ ।

प्रदेश सरकार गठन भएपछि रेग्मी कर्णाली प्रदेश सरकारको विज्ञ समूहको सदस्य बने । एक वर्ष अगाडि रेग्मी कर्णाली प्रदेश सरकारको योजना आयोगको उपाध्यक्ष बने ।

कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्ष बनेकै समयमा उनलाई सरकारले फेरि चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्त गरेको छ ।

नेमकिपाबाट माओवादी प्रवेश

पञ्चायती व्यवस्थासँग नजिक रहेर चितवनको रामपुरस्थित कृषि क्याम्पसमा झण्डै २० वर्षसम्म अध्यापन गरे । अध्यापनकै क्रममा उनी नेमकिपामा आवद्ध भए ।

२०६२/६३ को जनआन्दोलनपछि तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आयो । शान्ति प्रक्रियापछि उनले पनि आफूलाई शक्तिकेन्द्रसँग नजिक बनाउन थाले ।

शान्ति प्रक्रियासँगै उनी नेमकिपा परित्याग गरेर गणतान्त्रिक मञ्चमार्फत तत्कालीन नेकपा माओवादी निकट भए । उनीसँगै प्राध्यापन गरेका एक प्राध्यापकले भने, ‘उहाँले शक्तिकेन्द्रमा रिझाउनु भयो । हामी पार्टीमा लागेकाले कहिल्यै अवसर पाएका छैनौँ । उहाँले निरन्तर नियुक्ति पाउनु भएको छ । शक्तिकै पूजा ठूलो कुरा रहेछ ।’

दैलेखमा उनलाई नजिकबाट चिन्ने व्यक्तिले पनि दैलेखमा नेमकिपाको राजनीतिमा उनी जनयुद्ध विरोधी अभियानमा सक्रिय भएको बताए । उनले भने, ‘जनयुद्धविरोधी अभियानमा सक्रिय हुने व्यक्तिले निरन्तर लाभको पद पाउने अवस्था आयो । व्यक्तिगतरुपमा उहाँ खराब त होइन, तर पार्टीमा योग्य व्यक्ति के उहाँमात्रै हो त ?’

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

 मन्त्रिपरिषद् विस्तार गर्न केन्द्रमा ‘डेलिगेशन’

८ माघ २०७९, आईतवार १८:०६

बुद्धलाई चिन्न सकेनौं-मन्त्री सुदन किराती

८ माघ २०७९, आईतवार १७:५०

प्रधानमन्त्री प्रचण्डकाे नेतृत्वमा नयाँ अनुहार समेटिएको नयाँ मन्त्रिपरिषद् 

३ माघ २०७९, मंगलवार १३:४२

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति