• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » एक वर्षदेखि तलब पाएका छैनन् सल्यानका सामुदायिक विद्यालयका शिक्षकले
कर्णाली

एक वर्षदेखि तलब पाएका छैनन् सल्यानका सामुदायिक विद्यालयका शिक्षकले

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१० आश्विन २०७७, शनिबार ०९:२४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सल्यान । सल्यानको सामुदायिक विद्यालयका शिक्षकहरुले एक वर्षदेखि तलब पाएका छैनन्। शून्य तथा एक दरबन्दी भएका विद्यालयमा पढाउँदै आइरहेका शिक्षण सिकाई सहयोग अनुदानका शिक्षकहरुले विगत एक वर्षदेखि पारिश्रमिक नपाएका हुन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले गत आर्थिक वर्षको साउनदेखि अहिलेसम्म पारिश्रमिक नपाएको बनगाड कुपिण्डे नगरपालिका–८ स्थित जनज्योति माध्यमिक विद्यालयका शिक्षक ओमप्रकाश बुढाथोकीले बताए। शून्य तथा एक मात्र दरबन्दी भएका विद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरुले गत शैक्षिक सत्रको साउनदेखि पारिश्रमिक नपाएको उनको भनाइ छ। एक वर्षदेखि पारिश्रमिक नपाउँदा दैनिक गुजारा चलाउन निकै समस्या भएको उनले बताए। एक वर्षदेखि तलब नपाउँदा पारिश्रमिक पाउने नपाउनेमा आफूहरु अन्योलमा परेको शारदा आधारभूत विद्यालय केउरेनीका गणित शिक्षक चन्द्रबहादुर बिसीले बताए। उनले भने, ‘छाडेर जाने हो पहिले विद्यार्थीको भविष्य अन्योल पर्ने नछोडाँैं आफ्नो भविष्य अन्योलमा परिरहेको छ।’ पारिश्रमिक आउने नआउने बारेमा मन्त्रालयले हालसम्म कुनै जानकारी नगराएको शिक्षण सिकाई सहयोग अनुदान संघर्ष समिति जिल्ला संयोजक दीपेन्द्रप्रकाश वलीले बताए। सूचना माग्दा समेत सूचना नदिएर मन्त्रालयले सूचनाको हकमाथि समेत ठाडो उल्लंघन गरेको उनको भनाइ छ। उनले भने, ‘अनुदान शिक्षकहरुलाई पारिश्रमिक दिन पटकपटक मन्त्रालयमा ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ भएको छैन।’  सल्यानमा दश स्थानीय तहका विभिन्न विद्यालयमा ९७ शिक्षकले एक वर्षदेखि तलब नपाएको वलीको भनाइ छ। माध्यमिक तहमा पढाउने शिक्षकले चालु आर्थिक वर्षदेखि पारिश्रमिक नपाए पनि प्रावि र निमावि तहका शिक्षकले एक वर्षदेखि पारिश्रमिक नपाएको उनले बताए। वलीका अनुसार मावि तहमा २९, निमावि तहमा ६० र प्रावि तहमा आठजना शिक्षक रहेका छन्।   एक वर्षदेखि रोकिएको शिक्षकहरुको तलब कात्तिकभित्र आउने मन्त्रालयले जानकारी गराएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका इकाई प्रमुख लालबहादुर घर्तीले बताए। ‘उहाँको पारिश्रमिक मन्त्रालयले सिधै स्थानीय तहको खातामा पठाउने गर्छ,’ उनले भने, ‘असोजको अन्तिम देखि कात्तिकसम्म पठाउने तयारी गरेको जानकारी पाएको छु।’
Read more at: http://thahakhabar.com/news/108605

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

कर्णाली समृद्धिको अभियानमा जुहारी नखेली सबै दल मिलेर अघि बढाैं – मुख्यमन्त्री शर्मा

२१ माघ २०७९, शनिबार १०:३७

कर्णाली बनाउने अभियान हामी सबैको साझा अभियान हो- कँडेल

२१ माघ २०७९, शनिबार ०९:५७

कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्छाैं-मन्त्री शाही

२१ माघ २०७९, शनिबार ०९:५१

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति