• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook Twitter Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » सरकारी कार्यालयको तालमेल नमिल्दा पुल निर्माणकार्य अलपत्र
कर्णाली

सरकारी कार्यालयको तालमेल नमिल्दा पुल निर्माणकार्य अलपत्र

आयो रैबार डेस्कBy आयो रैबार डेस्क१० आश्विन २०७७, शनिबार १०:५४
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

सुर्खेत। कर्णाली करिडोरअन्तर्गत कालिकोट खुलालुदेखि हिल्सा सडकखण्डको खुलालुमा बन्न लागेको पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । ठेकेदारको लापर्बाही र सडक डिभिजन कार्यालय अनुगमन नहुँदा पुल निर्माण कार्य अलपत्र परेको हो ।

कर्णाली करिडोरअन्तर्गतको खुलालुमा बन्न लागेको पक्की पुल २०६७ सालमा योजना सम्झौता भई ०६८ सालमा नै काम सक्नुपर्ने गरी झन्डै १४ करोडमा कन्काई नेपाल प्रगति जेभीले ठेक्का पाएको थियो ।

ठेक्का पाएको १० वर्ष पूरा भइसक्दा पनि काम सुरु नभएको कालिकोट लालुका स्थानीय शिक्षक नवराज शाहीले बताए । ‘१० वर्षअघि नै ठेक्का परेको छ । काम हुँदैछ भन्ने सुनेका थियौँ,’ उनले भने, ‘अहिलेसम्म पनि कुनै काम भएको देखिँदैन् ।’

विसं. २०६७ सालमा सुर्खेत सडक डिभिजनले ठेक्का लगाएको हाल जुम्ला सडक डिभिजन कार्यालय कर्णालीलाई हस्तान्तरण गरिएको सो पुल सरकारी निकाय तालमेल नमिलेका कारणले निर्माण कार्यमा ढिलाइ भएको नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष तथा पूर्वसभासद् नवराज कोइरालाले बताए ।

‘सुर्खेत सडक डिभिजनले ठेक्का लगाएको योजना पछि जुम्ला सडक डिभिजनले काम लियो,’ उनले भने, ‘सरकारी कार्यालयको तालमेल नमिल्दा पुलको योजना अलपत्र परेको छ ।’

पुल निर्माणको जिम्मा लिएको कन्काई नेपाल प्रगति जेभीले पुल ठेक्का लिएको लामो समयसम्म पनि काम गरेको छैन् । पुल निर्माणको जिम्मा लिएका ठेकेदारले काम नगरेपछि पटकपटक ताकेता गरिएको कर्णाली सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

पुल निर्माण कार्य अगाडि बढ्न नसक्दा कर्णाली करिडोरको खुलालुदेखि लालीघाटसम्मको करिब १ किलोमिटर चट्टाने भीर नेपाली सेनाले फोड्ने सुरसार पनि गरेको छैन् । पुल नबनेसम्म सेनाले भीर फोड्ने जागर नदेखाएको पुल बन्दासाथ काम गर्ने तयारी गरेको सेनाको कर्णाली करिडोर निर्माण कार्यदलको भनाइलाई उद्धृत गर्दै सेनासँगै सडकको काम गर्दै आएका ठेकेदार कालीबहादुर शाहीले बताए । ‘पुल बनेपछि मात्र सेनाले भीर फाड्ने पक्षमा छ,’ उनले भने, ‘पुल नबनी त्यो भीर सेनाले फोड्ने कुरा गाह्रो नै छ ।’

पुल निर्माणका लागि लामो समयदेखि विभिन्न कार्यालयमा धाए पनि कसैले चासो नदेखाएको राष्ट्रिय जनमोर्चाका जिल्लास्तरीय नेता मीनबहादुर शाहीले बताए । ‘पुल निर्माणका लागि धेरै पहल गर्‍यौँ,’ उनले भने, ‘त्यसमा कसैले पनि चासो दिएनन् ।’

कर्णाली करिडोर अन्तर्गतको पुल ०६७ सालमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, ०७१ सालमा भौतिक पूर्वाधारमन्त्री हुँदा विमलेन्द्र निधिले गरी दुई पटक शिलान्याससमेत भइसकेको छ ।

कर्णालीमा न्यूनतम् एक करोड १७ लाख रुपैयाँदेखि झन्डै १४ करोडसम्मका पुल बन्दैछन् । कर्णाली राजमार्गका ४१ करोड ३६ लाख रुपैयाँभन्दा बढी लगानीमा पुल निर्माण बन्दैछन् । पुलको निर्माण कार्य सुरु भएका धेरै पुल ठेकेदारको लापर्बाहीका कारणले बन्न सकेका छैनन् ।

Author

  • Avatar photo
    आयो रैबार डेस्क

    View all posts

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिएको विषयमा सत्तारूढ दलकै सांसदको विरोध, बर्खास्त गर्न माग

१८ माघ २०७९, बुधबार ०९:४३

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

१८ माघ २०७९, बुधबार ०९:३७

भारतले अनुदान सहायता घटायाे

१८ माघ २०७९, बुधबार ०९:३६

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत
अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३९९९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति