• होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
Home » जाजरकोट अस्पतालको आधुनिक भवन निर्माणको काम सुरु
कर्णाली

जाजरकोट अस्पतालको आधुनिक भवन निर्माणको काम सुरु

By १६ आश्विन २०७७, शुक्रबार १३:३६
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email


जाजरकोट । भौतिक पूर्वाधारको अभावमा चिरा परेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पतालको आधुनिक भवन निर्माणको काम सुरु भएको छ । अघिल्लो वर्ष अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि यो आर्थिक वर्षबाट आधुनिक भवनको निर्माण कार्य सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिइन् ।

करिब रु ३० करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण हुन लागेको हो । शहरी विकास मन्त्रालयअन्तर्गत संघीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनको निर्माण गर्न लागेको हो । विसं २०७७ असार २६ गते सिनर्जी, ज्ञानज्योति, क्षितिज जेभि कोटेश्वर ३२ काठमाडौंले भवन बनाउने ठेक्का लिएका छन् । त्यस्तै २०७९ पुस २५ गतेभित्र अस्पतालको भवन निर्माण कार्य पूरा गर्ने सम्झौतामा उल्लेख छ । विसं २०७२ मा गृहमन्त्री भएका हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले १५ शय्याबाट ५० शय्याको अस्पताल स्तरोन्नति भएको भन्दै उद्घाटन गरेका थिए ।

शुक्रबार उनले नै ५० शय्याको आधुनिक भवन निर्माणको शिलान्यास गरेका छन् । विसं २०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले सेवा दिइरहेको थियो । जिल्लाका सबै समस्या समाधान उन्मुख भएर अगाडि बढेको मन्त्री बस्नेतले बताए ।

नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर कर्णाली प्रदेश सरकारले वैकल्पिक भवन निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा रु ४९ लाख उपलब्ध गराएकाले सो रकमबाट केही भवन निर्माण गरी अहिले सेवा सञ्चालन गरिएको छ । भवन अभावका कारण ५० शय्याको उक्त अस्पतालले मुस्किलले २५ शय्याको मात्र सेवा उपलब्ध गराउँदै आएको छ ।

जाजरकोट, रुकुम र डोल्पाका बासिन्दाको उक्त अस्पतालमा भीड लाग्ने गरेको छ । यसअघि निर्माण व्यवसायीले निर्माण गर्दा बीचमै छाडेर लथालिङ्ग बनाएका अस्पतालको प्रसूतिगृहलगायत भवन अहिले अस्पतालकै पहलमा निर्माण गरिएको छ । जिल्ला अस्पतालमा एम्बुलेन्स सेवा र दरबन्दीको विषयमा समेत पहल भइरहेको र यो आर्थिक वर्षभित्र पूरा हुने मन्त्री बस्नेतको भनाइ छ ।

जिल्ला भएर डोल्पा जाने सडकको काम अगाडि बढेको भन्दै उनले अब पश्चिम जाजरकोटको छेडा–जुनिचाँदे सडकको विस्तृत योजना प्रतिवेदनको काम सुरु भएर यो आर्थिक वर्षमा कालोपत्रेका लागि काम हुने बताए ।

कुदुमा खानेपानीको समस्या हल गर्न यो आवमा रु ७५ लाख विनियोजन भएको भन्दै अन्य रकमका विषयमा समेत छलफल चलिरहेको उनले बताए । टेलिफोन टावरका निर्माण भइसक्ने अवस्थामा कोरोनाका कारण ढिला भएको भन्दै अब वातावरण अनुकूल हुन गएकाले सोसमेत समाधान हुने जानकारी मन्त्री बस्नेतले दिए ।

Author

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

सैनिक श्रीमतीसङ्घद्वारा भूकम्पप्रभावितलाई सहयोग

१४ मंसिर २०८०, बिहीबार १७:१५

अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

१४ मंसिर २०८०, बिहीबार १७:१२

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

१४ मंसिर २०८०, बिहीबार १७:०९

Leave A Reply Cancel Reply

aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति